नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षदेखि जिल्ला नेतृत्वमा

  • साउन १०, २०८३ | २४३ पटक पढिएको | सीमा संदेश
alt

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत्वमा एउटै व्यक्ति ४९ वर्षसम्म निरन्तर रहेका छन् ।

२० देखिदेखि ४९ वर्षसम्म जिल्लाको नेतृत्व गर्नेहरू १० जिल्लामा छन् । नेरेसोको इतिहासमा सबैभन्दा बढी जिल्ला सभापति हुनेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन् ।

२०३४ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोक रेडक्रसको सभापति छन् । उनीपछि धेरै वर्ष संस्थाको नेतृत्वमा ररिहने संखुवासभाका सभापति सरोजकुमार बज्राचार्य र बाराका राजेन्द्रसिंह खड्का छन् । उनीहरूले २०३८ सालदेखि संस्थाको जिल्ला नेतृत्व छोडेका छैनन् ।

रसुवामा बाबुलाल तामाङले २०४१ सालदेखि, सप्तरीका जोगेन्द्र भगत २०४८ सालदेखि, मुस्ताङका चन्द्रबहादुर थकाली र भोजपुरका तुलबहादुर सुब्बाले २०५० सालदेखि, दार्चुलाका गोपालसिंह महराले २०६२ सालदेखी संस्थाको जिल्ला नेतृत्वमा अरू आउन दिएका छैनन् ।

साथै, सिरहाका राजेन्द्रदेव यादव २०५८ र कपिलवस्तुका केशव सिंह २०५४ सालदेखि रेडक्रसको जिल्ला सभापति छन् । नेरोसोका केन्द्रीय अध्यक्ष विशाल भण्डारीले रेडक्रस सोसाइटीमा पुष्तान्तरण सहित रुपान्तरण गरिने जानकारी गराए । केही दिन अघि संस्थाको नेतृत्व सम्हालेका अध्यक्ष भण्डारीले भने,‘रूपान्तरण र पुस्तान्तरणको मुद्दा नेपाल रेडक्रस सोसाइटीमा व्यापक रुपमा उठेको छ । एकै व्यक्तिले पद ओगटेर बसिरहने प्रवृत्तिको अब अन्त्य गर्छौं ।’

१० वर्षभन्दा बढी समय जिल्ला सभापतिमा निरन्तर रहनेहरूको संख्या ३५ बढी जिल्लाका रहेको नेरेसोले जानकारी गराएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब