सिरहा, २१ फाल्गुन । सिरहा नगरपालिकाको सहयोगमा र सलहेश युवा क्लव सिरहाकोे आयोजनामा जारी शहिद हेमनारायण यादब गोल्डक फुटबल प्रतियोगिताको सोमवार उद्घाटन भएको छ ।
“युवाको सम्मान, नगरको पहिचान, फूटबल खेल हाम्रो अभियान“ नाराका साथ सिरहाको क्याम्पस खेल मेदानमा आयोजना गरिएको गोल्डक फुटबाल प्रतियोगिताको उद्घाटन पूर्व कानून मन्त्री तथा सिरहा क्षेत्र नं. ३ का ससद लिलानाथ श्रेष्ठ र सिरहा नगरपालिकाको मयेर डा. नवीन कुमार यादबले गरेका छन् ।
सिरहा नगरपालिकाले अन्तर्राष्ट्यि रुपमा आयोजना भईरहेको खेलहरु स्थानीय स्तरमा आयोजना गरी खेलाडी उत्पादनलाई विशेष प्राथमिकतामा राखि अगामी योजना संचालन गर्ने मेयर यादबले बताए ।
खेल मनोरञ्जनका प्रमुख साधान भएकोले यसलाई पहिचान तथा व्यवसायिक रुपमै विकास गर्नु पर्ने आवश्यकता रहेकोले नगरपालिकाले प्राथमिकताका रुपमा योजना ल्याउने र नगरपालिकाका य्ुवालाई विभिन्न किसिमका विकृती जन्य क्रियाकलापबाट जोगाई स्वस्थ्य नागरिक बनाउने कार्य गरिने यादबले बताए ।
खेलकुदका लागि भौतिक संरचन जस्ता विषयमा कार्य गरी सिरहाकै पहिचानका रुपमा खेलकुदको विकास गर्ने चहाना रहेको मान्न्य संसद श्रेष्ठले बताए । सिरहा नगरपालिकाको विकासका लागि आफू त्तपर रहेको कार्यक्रमको प्रमुख अतिथिय श्रेष्ठले बताए ।
सोमवार भएको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब बेलवारी, मोरङलाई २ गोलले पराजति गर्दै जन जागृति युवा क्लब सिमरा, बारा विजयी भएको छ । खेलको ४७ मिनेटमा प्रज्वल थापा मगरले पहिलो गोल गरेको थियो भने दोस्रो गोल ५२ औँ मिनेटमा समिराज ठोकरले गरेका थिए । खेलको म्यान अफ द म्याच सिमराको खेलाडी प्रञ्वल भएको छ ।
आज हुने खेलमा चात्य सा पुस्ताकालय दमक, झापा र बागमती युवा क्लब सर्लाही बिच हुने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved