सिरहा, २३ फाल्गुन । सिरहा नगरपालिकाको क्याम्पस खेल मैदानमा जारी शहिद हेमनारायण फुटबल गोल्डक प्रतियोगिताको दोस्रो दिनको खेलमा चात्या सा पुस्तकालय दमक, झापालाई पराजित गर्दै बागमती युवा क्लव सर्लाही विजय भएको छ ।
खेलको १० औ मिनेटमा सर्लाहिको जर्सी नं. ११ का कपिल मगरले पेनाल्टी एरियाबाट गोल प्रहार गरेको थियो भने १९ औ मिनेटमा झापाका खेलाडिले ओस्करले बागमतीको गोल किपरको फाइदा उठाउँदै गोल गरी खेललाई बरावरीमा ल्याएका थिए ।
बागमतीलाई जित दिलाउन अन्तिम समयमा जर्सी नं. १२ का खेलाडी अशोक सङ्त्याङले निर्णयक गोल गरी विजयी बनाउन सफल भएको थियो । झापाका खेलाडी ओस्करले खेलको ७२ ओ मिनेटमा पाएको गोलको अवसरलाई गुमाए ।
खेलको म्यान अफ द म्याच बागमतीको अशोक भएका छन् । आज बुधवारको खेल दधौली स्पोर्टस क्लब सिन्धुली र सलहेश युवा क्लव सिरहा (निलो) बिच हुनेछ सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved