सिरहा, २५ फाल्गुन । सिरहा क्याम्पस खेल मैदनमा जारी शहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको बुधवार भएको खेलमा रारा फुटबल क्लब राजारानी धनकुटा बिजयी भएको छ ।
रारा फुटबल क्लब राजारानी धनकुट र दुधौली स्पोर्टस् क्लब सिन्धुली बिच भएका घामासान खेलमा ६-२ गोल अन्तरमा दुधौलीलाई पराजित गर्दै रारा सेमिफाइनल प्रवेश गरेको छ ।
राराको लागि जर्सि नं. ७ का बिमल घर्ती मगर र जर्सी नं. ११ का निसान लिम्बुले सम्मान २/२ गोल गरे भने जर्सी नं. १९ का उमेस कार्कीले १/१ गोल र जर्सि नं. ३ का सुनिल खडकाले १/१ गोल गरेका थिए ।
जवाफिमा पराजित टोलि दुधौलिका लागि जर्सी नं. १३ का पवन तामाङ र जर्सी नं. ७ का अर्जुन रानाले १/१ गोल फर्काएका थिए ।
खेलका म्यान अफ द म्याच राराका बिमल घर्ती मगर भएका छ्न् ।
भोलि ( शनिवार) को अन्तिम क्वाटरफाइनल खेल सहलेस युवा क्लब सिरहा (रातो) र हेटौंडा फुटबल एकेडेमी मकवानपुर बिचमा हुनेछ ।
सिरहा नगरपालिकाका उपप्रमुख बविता कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबका हातबाट बल हस्ताणरण गरिएका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved