सिरहा, २८ फाल्गुन । सिरहा क्याम्पस खेल मैदनमा जारी हेमनारायण गोल्डकप फुटवल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सर्लाहिलाई पराजित गर्दै धनकुटा फाइनलामा प्रवेश गरको छ । आइतवार भएका खेलमा वागमती युवा क्लव सर्लाहीलाई १० गोल अन्तरले रारा फुटबल क्लव राजारानी धनकुटाले फाइनलको यात्र तय गरेको छ ।
घमासान भएको खेलमा धनकुटाका विमल घर्ती मगरले १८ औँ मिनेटमा १ गोल गर्न सफल भएको थियो । तर जवाफिमा खेल समय अवधि भरी सर्लाहिले कुनै गोल फर्काउन नसकेपछि धनकुट विजय भएको थियो ।
खेलको म्यान अफ द म्याच धनकुटका राजु नगरकोटी भएको थियो । उनलाई रु. ३ हजार र ट्फि प्रदान गरिएको थियो ।
दास्रो सेमिफाइनल खेल फाल्गुन २९ गते सलहेश युवा क्लव सिरहा (रातो) र नव जन जागृति युवा क्लव सिमरा, बारा बिच हुने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved