सिरहा, ३० फाल्गुन । सिरहा नगरपालिमा जारी शहिद हेमनारायण यादब गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलमा जन जागृति युवा क्लव सिमरा बारालाई पराजित गर्दै घरेलु टिम सलहेश युवा क्लव (रातो) सिरहाले फाइनलमा प्रवेश गरको छ ।
मंगलवार भएको खेलमा सिरहाले बारलाई ६ २ गोलका अन्तरले पराजित गरेको छ । घरमासान रुपमा भएको खेलमा सलहेशबाट १० र ९५ औँ मिनेटमा फोफनले २ गोल, ५० र ६३ औँ मिनेटमा सोङ्ग २ गोल र ६८ र ७८ औ मिनेटमा आदित्या साक्यले २ गोल गरका थिए ।
जवाफिमा बाराबाट ३१ मिनेटमा जर्सीै नं. १४ का खेलाडी कृपा चौधरी १ गोल र ८२ औँ मिनेटम जर्सी नं. ९का सौरभ तामाङ्गले १ गोल गरेका थिए । खेलका म्यन अफ द म्याच आदित्य शाक्या भएका छन् ।
आज हुने रोमञ्चक फाइनल खेल घरेलु टिम सलहेश युवा क्लव सिरहा र रारा फुटबल क्लव राजारानी धनुकटा बिच हुने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved