शहिद हेमनारायण गोल्डकप–२०८० को उपाधि जित्यो सलहेश युवा क्लव

  • चैत १, २०८० | ४८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०१ चैत्र । “युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान”  नाराका साथ आयोजित शहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सलहेश युवा क्लब, सिरहाले जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा सलहेशले राजारानी फुटबल क्लब, धनकुटालाई हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको फाइनल भिडन्तमा सलहेशले राजारानीमाथि २–१ को जित निकाल्यो र च्याम्पियन बन्यो । विजेता बनेको सलहेशले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्यो भने उपविजेता राजारानीले १ लाख ३५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

432708960_372608295612738_9033400066168783649_n

व्यक्तिगत विधातर्फ सलहेशका फोडे फोफना फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता बने । राजारानीका राजु नगरकोटी उत्कृष्ट गोलरक्षक चुनिए भने सलहेश कै कुलदिप कार्की प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

सलहेश युवा क्लब, सिरहाको आयोजना, सिरहा नगरपालिकाको विशेष सहयोग तथा सिरहा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब