कंगना बनिन् भाजपाको लोकसभा निर्वाचनको उम्मेदवार

  • चैत १२, २०८० | ४२५ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । चलचित्र अभिनेत्री कंगना रनौट हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौँ सूची जारी गरेको छ जसमा कंगनालाई मण्डीबाट टिकट दिइएको हो। 

 यसपटक कंगना भाजपाको टिकटमा चुनाव लड्ने अनुमान गरिएको थियो । कंगनाले एक दिन अगाडि मात्र चुनाव लड्ने संकेत दिएकी थिइन् । हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, 'माताको कृपा रह्यो भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु।' 

 टिकट पाएपछि कंगनाले ट्वीट गर्दै भनिन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भारतीय जनता पार्टीलाई बिना सर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।’ पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उनले लेखेकी छन् ।

भाजपाले आइतवार लोकसभा चुनाव २०२४ का लागि उम्मेदवारहरूको पाँचौँ सूची घोषणा गर्‍यो । यो सूचीमा १११ सिटका उम्मेदवारको नाम समावेश छ ।

पाँचौं सूचीमा बीजेपीले उत्तर प्रदेशका १३ सिटका लागि उम्मेदवारको नाम पनि घोषणा गरेको छ । लोकप्रिय धारावाहिक रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविललाई भाजपाले मेरठबाट टिकट दिएको छ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब