गोलबजार मेयर गोल्डकपकोे उद्घाटन खेलमा बागमती विजयी

  • चैत १६, २०८० | ३६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ चैत्र । सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा कल्ब सर्लाही विजयि भएका छन्। गोलबजार २ गागानखोला खेल ग्राममा विहिवार भएको फूट बल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लवलाई १ को विरुद्ध २ गोलले पछिपार्दै बागमति युवा क्लव विजयी भएको हो।

बागमती युवा कल्बका लागि खेलमा मध्यान्तर अघिनै जर्सी नम्जर ८ का खेलाडी राजु लामा जर्सी नम्वर ११ का खेलाडी कपिल मगरले १÷१ गोल गरेका थिए।
मध्यान्तर पछि गोलबजार स्पोर्टस क्लवका तर्फबाट जर्सी नम्वर २३ का खेलाडी सनम थापाले १ गोल फर्काए।

आज सम्पन्न खेलको म्यान अफ दी म्याच बागमती युवा कल्बका जर्सी नम्वर ८ का खेलाडी राजु लामा घोषित भए।

उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले खेलले व्यक्ति, स्थान र राष्ट्रको परिचयलाई फराकीलो बनाउन मदत पुग्ने बताए। पछिल्ला दिनहरुमा नेपाली खेलजतले पनि फड्को मार्दै गरेको भन्दै खेल र खेलाडीको विकासमा आफ्नो तर्फबाट सकेको सवै कार्यगर्न तयार रहेको बताए।

उनले खेल ग्रामको विकास पछिल्लो वर्षबाट गति कमजोर भएको भन्दै अवको दिनमा यहाँको पूर्वाधार विकासमा पनि आफ्नो पहल कदमी रहने बताए। उनले भेन, ‘हाम्रै मेहनतले यसको खेलमैदान निर्माणको काम यहाँ सम्म आएको हो। पछिल्लो वर्षबाट खेलग्रामको विकाले गति लिन सकेको छैन। अवको दिनमा मेरो तर्फबाट थप पहल हुने छ।

नगर प्रमुख श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गरेका थिए। स्वागत वडा नम्वर ६ का अध्यक्ष तथा नगर प्रवक्ता संजित लामाले गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधीकारी, विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, भोली १६ गतेको खेल मुनाल फुटवल क्लव विराटनगर र बिरगञ्ज यूनाईटेट पर्साविच हुने छ।

१७ गतेको खेल चात्या सा पुस्तकालय दमक झापा र मकमानपुर १ हेडौडा र १८ गतेको खेल माँ कामाख्या स्पोर्टस क्लव भारतको यूपी बनारसविच हुने जनाएको छ। १९ र २० गते ८ वटा टिमबाट विजयी भएकाहरुविच सेमीफाईनल खेल हुने छ।

प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला पफूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

प्रत्यक खेलमा म्यान अफ दी म्याच घोषीत खेलाडीलाई तीन हजार नगर पुरस्कार प्रदान गरिने जनाएको छ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब