दीपिकाको भनाइले फ्यानलाई तनाव

  • चैत १६, २०८० | ५४६ पटक पढिएको | सीमा संदेश
alt

बलिउडको पावर कपल दीपिका पादुकोण र रणवीर सिंह चाँडै नै आमाबाबु बन्दैछन्। यो कपल यही साल पहिलो सन्तानलाई स्वागत गर्दैछ।

रणवीर–दीपिकाले केहीअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो खुशखबर सेयर गरेका थिए। तर, यसैबीच दीपिकाले एक नयाँ पोस्ट साझा गरेकी छन्। जसले उनको फ्यानको तनाव बढाइदिएको छ। पोस्टमा दीपिकाले महिलाको सफलतालाई लिएर आफ्नो विचार व्यक्त गरेकी छन्।

‘चारैतिर हेर तिमी कहाँ छौं। हेर कि आफ्नो सफलताको परिभाषा बदल्नका लागि के गर्न सकिन्छ ?’ दीपिकाले अगाडि लेखेकी छन्, ‘ताकि तपाईंपछि आउने महिलालाई यस्तो महसुस हुने छैन कि उसले सफलता र थकानको बीच चयन गर्नुछ।’

रमाइलो विषय त यो छ कि उनको यो पोस्ट त्यो समयमा आएको छ, जब दीपिका अभिनेता पति रणवीर सिंहका आफ्नो पहिलो सन्तानको आशा गरिरकेही छन्। पावर कपलले गत फेब्रुअरीमा सन्तानको तयारी गरेको घोषणा गरेका थिए।

दीपिकाले आफू गर्भवती भएको घोषणा गर्नु केही साताअघि रणवीरका साथ आफ्नो बच्चा चाहेको बताएकी थिइन्। ‘विल्कुल. रणवीर र मलाई बच्चा एकदमै मन पर्छ। हामी त्यो दिनको प्रतीक्षामा छौ“, जब हामी आफ्नो परिवार शुरुवात गर्नेछौं,’ एक अन्र्तवार्तामा दीपिकाले भनेकी थिइन्।

दीपिका हालै ऋतिक रोशनका साथ फाइटरमा देखिएकी थिइन्। फिल्ममा उनी एक वायुसेना पाइलटका रूपमा देखिएकी थिइन्।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब