आईपीएल : लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हरायाे

  • चैत १८, २०८० | ३७१ पटक पढिएको | सीमा संदेश
alt

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको दुई खेलमा यो पहिलो जित हो । गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो ।

पञ्जाबका कप्तान शिखर धवानले ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जोनी बेयरस्टोले ४२ र लियाम लिभिङस्टोनले अविजित २८ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एकसय ९९ रन बनाएको थियो ।

उसका क्विन्टन डि ककले सर्वाधिक ५४ रन बनाए । कप्तान निकोलस पूरन ४२ रनमा आउट भए । कुर्नाल पाण्ड्या ४३ रनमा अविजित रहे । आईपीएल क्रिकेटमा आज नेपाली समय अनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद तथा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब