मोडल तथा कलाकार डा. आयुस्नोभा ढुंगानाले मिस्टर एन्ड मिस नेशनलमा प्रतिस्पर्धा गर्ने भएकी छन्। मोडलिङ, कलाकारिता र चिकित्सक पेसालाई एकसाथ अघि बढाउँदै आएकी डा. आयुस्नोभा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने उद्देश्यले सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस नेशनलमा स्पर्धा गर्न लागेकी हुन्।
बंगलादेशबाट एमबीबीएस तथा संयुक्तराज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकी ह्याटिक म्यानेजमेन्ट, साइको इडुकेसन, बाइप्लोर डिसअडर, डिप्रेसन पोस्ट ग्रेजुएसन क्रेडिट पाठ्यक्रममा सय प्रतिशत क्रेडिट पाएकी डा. ढुंगाना हाल हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएसन क्रेडिट कोर्ष गर्दैछिन्।
उनले कलाकारितातर्फ मोडलिङ, कान्छो अंग्रेजी अनुवादकको प्रतिनिधित्व गर्ने उद्देश्यले प्रतियोगितामा सहभागी भएको बताइन्। प्रतियोगिताको अन्तिम २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगी हुन्। त्यसैले उनलाई उपाधिको दाबेदारसमेत मानिएको छ।
डा.ढुंगाना अभिनीत एक राष्ट्रिय गीत त्यही सच्चा नेपाली केही अगाडि सार्वजनिक भएको थियो। उनले सो गीतको भिडियोमा दुई दर्जनभन्दा बढी राष्ट्रिय कलाकारस“ग अभिनय गरेकी थिइन्।
मिस्टर एन्ड मिस नेसनल प्रतियोगिताको अन्तिम स्पर्धा आगामी वैशाख १९ गते राजधानीमा हुनेछ। प्रतियोगितामा प्रमुख ताज चुम्ने लक्ष्य रहेको डा. आयुस्नोभाले बताइन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved