अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

  • वैशाख २७, २०८१ | ३२७ पटक पढिएको | सीमा संदेश
alt

 अबदेखि सबैखाले विपद्‌बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको छ । ललितपुरमा हिजो भएको कार्यक्रममा उहाँले जिल्लाको वर्गीकरणअनुसार सरकारले अनुदान रकम दिने जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् । कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका परिवारलाई अनुदान रकममा ५० हजार रुपैयाँ थप हुने व्यवस्था पनि छ । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब