पालिकामा दोस्रो पटक जनप्रतिनिधि चुनिएको दुई वर्ष पूरा : सेवा प्रवाह सहज, वित्तीय जोखिम बढ्यो

  • वैशाख ३०, २०८१ | ४४४ पटक पढिएको | सीमा संदेश
alt

सात सय ५३ वटा पालिकामा दोस्रो पटक जनप्रतिनिधि चयन गर्न चुनाव भएको आज दुई वर्ष पूरा भएको छ । २०७९ साल वैशाख ३० गते देशभर एकैसाथ सात सय ५३ वटै पालिकामा चुनाव भएको थियो । सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पालिकामा पहिलो पटक २०७४ सालमा जनप्रतिनिधि चुनिएका थिए ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो पटक पालिकामा जन प्रतिनिधि छान्न चुनाव भएको थियो ।

पहिलो पाँच वर्ष र दोस्रो कार्यकालको दुई वर्ष गरी बितेका सात वर्षमा पालिकामा सेवा प्रवाह र भौतिक विकास निर्माणको काममा सङ्ख्यात्मक र गुणात्मक वृद्धि भएको छ । पालिकामा संस्थागत संरचनासहित धेरै असल अभ्यास सुरुवात भएको स्थानीय शासनका विज्ञ बताउँछन् ।

विकास निर्माणका काम, सेवा प्रवाह अनि कानुन निर्माणलगायतका क्षेत्रमा जनप्रतिनिधिको भूमिका प्रभावकारी बन्दै गएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, न्याय सम्पादनलगायतका सेवा प्रवाहमा पालिकाले महत्वपूर्ण कदम चालेका छन् । आधुनिक प्रविधिको प्रयोग पनि बढ्न थालेको छ । तर कतिपय पालिकामा विकृति र अनियमितता पनि बढ्दै गएका छन् ।

संघीयतामा तीन तहका सरकारमध्ये संरचनागत हिसाबले सबैभन्दा स्थायित्व भएको सरकारका रुपमा पालिका सावित भएका छन् । पालिकालाई नागरिकको घरदैलोको सरकार पनि भन्ने गरिएको छ । सङ्घीयताविद् डाक्टर खिमलाल देवकोटा पालिकाले सरकारकै हैसियतमा काम गरेकाले नागरिकका कतिपय अपेक्षा पूरा गर्न सफल भएको बताउनुहुन्छ ।

स्थानीय शासनका विज्ञ डाक्टर केशवकुमार आचार्य सेवा प्रवाहको क्षेत्रमा पालिकाले राम्रो काम गरेको बताउनुहुन्छ । तर पालिकामा वित्तीय जोखिमको पाटो निक्कै चुनौतीपूर्ण देखिएको डाक्टर आचार्यको भनाइ छ । वित्तीय सुशासन कायम गर्नेतर्फ ध्यान पुग्नुपर्नेमा उहाँको जोड छ ।

सङ्घ, प्रदेश र पालिकाबीच समन्वय र सहकार्यको अभाव अहिले पनि यथावत् रहेको र यसले विभिन्न चुनौतीको समाधान गर्न नसकेको विज्ञ बताउँछन् । कर्मचारी पदपूर्ति हुन नसक्दा कतिपय पालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । भएका कर्मचारीको सीप र क्षमता विकासका लागि पनि थुप्रै काम गर्नुपर्ने देखिएको विज्ञले बताएका छन् । पालिकालाई थप बलियो बनाउन प्रदेश र केन्द्र सरकारले पनि आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड छ ।उज्यालो

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब