भारतमा तातो हावाको लहर : ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गर्न उच्च अदालतको आग्रह

  • जेठ १८, २०८१ | ३३५ पटक पढिएको | सीमा संदेश
alt

भारतको एक अदालतले तातो हावाको लहरलाई लिएर राष्ट्रिय सङ्कटकाल घोषणा गर्न आग्रह गरेको छ । राजस्थान उच्च अदालतले चरम मौसमी समस्या र गर्मीका कारण मानिसहरूको ज्यान गइरहेको भन्दै राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

भारतका थुप्रै शहरहरूमा ४५ डिग्री सेल्सियससभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ । पछिल्ला दिनहरूमा देशको पश्चिमी राज्य राजस्थानमा तातो हावाको लहरको प्रभाव बढी देखिएको छ ।

यस्तै अदालतले गर्मीका कारण ज्यान गुमाउने व्यक्तिको आफन्तका लागि क्षतिपूर्ति कोष स्थापना गर्न पनि राज्य सरकारलाई निर्देशन दिएको खबरमा उल्लेख छ ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत हरित गृह ग्याँसहरूको तेस्रो सबैभन्दा ठूलो उत्सर्जक हो । तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध रहेको भारत अहिलेका लागि बिजुली उत्पादन गर्न कोइलामा अत्यधिक निर्भर छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब