‘सम्मानजनक’ ढंगले भन्दै अलग भए मलाइका अरोरा र अर्जुन कपुर

  • जेठ १९, २०८१ | ३९२ पटक पढिएको | सीमा संदेश
alt

 बलिउड प्रेम जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएका छन् । उमेर अन्तर भएपनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरुले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले जनाएको छ ।

स्रोतले भन्यो, ‘मलाइका र अर्जुनको धेरै विशेष सम्बन्ध थियो र दुवैले एकअर्काको हृदयमा विशेष स्थान राख्नेछन् । उनीहरूले अलग हुने बाटो रोजेका छन् । यस विषयमा मर्यादित मौनता कायम राख्नेछन् । अलग हुने निर्णय गरे पनि उनीहरूले एकअर्कालाई समान सम्मान दिनेछन् ।’

अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरु भयो, जब उनीहरु एकसाथ एक फेसन शोमा सँगै देखिए । मलाइकाको ४५ औं जन्मदिनमा उनीहरुले सम्बन्धलाई सार्वजनिक गरे । त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले । ‘कफी विथ करण’मा अर्जुनले प्रेम जीवनलाई नयाँ योजनामा लैजानेबारे कुरा गरेका थिए ।

कामको कुरा गर्दा अर्जुनले रोहित शेट्टी निर्देशित ‘सिंघम अगेन’मा भिलेनको रुपमा अभिनय गर्दैछन् । ‘कमिक क्यापर’मा उनीसँगै वरुण धवन र दिलजीत दोसाँझ पनि छन् । अर्कोतर्फ मलाइकाले विज्ञापन एन्डोर्समेन्ट र रियालिटी शोमा काम गरिरहेकी छिन् ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब