वैज्ञानिकले तयार पारे आलुको नयाँ जात, जसमा पर्दैन खडेरी र ढुसीको असर

  • असार २, २०८१ | ५३५ पटक पढिएको | सीमा संदेश
alt

लेट ब्लाइट नामक रोग आलुको पुरानो शत्रु हो । आयरल्याण्डमा सन् सन् १८४५ मा यो रोगले पूरै आलुखेती नष्ट गरेको थियो ।

फाइटोप्थोरा इन्फेस्टेन्स नामक एउटा ढुसीका कारण हुने उक्त रोगले आलुका बोट ध्वस्त पार्दछ । यसले आलुको गेडामा पनि संक्रमित गर्दछ, जसका कारण आलु खानयोग्य रहँदैन ।

गत वर्ष डिसेम्बर महिनामा भारतको पञ्जाबको केही क्षेत्रमा यो रोगले ठुलै कहर मच्चाएको थियो र कतिपय इलाकामा ८० प्रतिशत सम्म आलुखेति नष्ट भएको थियो ।

यो ढुसी गर्मी मौसममा तीव्र गतिमा फैलिन्छ ।

हालै पेरुको एन्डिज पर्वतीय इलाकामा गर्मी बढेसँगै यो ढुसीको प्रकोप बढ्दा आलुखेतीमा ठुलो क्षति पुगेको थियो ।

आलुको नयाँ जात माटिल्डे

Peruvian agronomists search for wild potato varieties
पेरुका कृषि वैज्ञानिकहरूले जंगली जातका आलुबारे अनुसन्धान गरेका छन् ।

पेरुमा आलुको उत्पादनमाथि शोध गरिरहेको अनुसन्धान संस्था अन्तर्राष्ट्रिय आलु केन्द्र (सीआईपी) का वैज्ञानिकहरूले आलुको एउटा यस्तो जात तयार गर्ने कोसिस गरिरहेका थिए जो आफैं लेट ब्लाइट रोगसँग जुध्न सकोस् ।

यसका लागि वैज्ञानिकहरुले आलुका केही जंगली नश्लहरूमा यस्तो विशेषताको खोजी गरिरहेका थिए ।

आलुका कतिपय जंगली जातमा यो रोगको रोग प्रतिरोधी गुण पाइएसँगै उनीहरुले जंगली जात तथा खेती गरिरहेका जातबीच क्रस ब्रिडिंग गरे र त्यसबाट फरक जात तयार पारे ।

त्यसपछि ती जातहरूको परीक्षणका लागि स्थानीय किसानहरुसँग सहयोग लिइयो जसले सीमित तरिकाबाट धेरैपटक त्यसको खेती गरे। त्यसपछि किसानहरुबाट कुन जातको आलु स्वादिलो छ र उनीहरू कुन जातको खेती गर्न चाहन्छन् ? भन्ने कुराको जानकारी लिए ।

वैज्ञानिकहरूको उक्त शोधको नतिजा हो, माल्टिडे । यो आलुको एक जात हो, जसलाई वैज्ञानिकहरूले सन् २०२१ मा सार्वजनिक गरेका थिए । त्यसको खेतिका लागि किसानहरूलाई अहिले छुट्टै किटनाशकको आवश्यकता पर्दैन । किनकि यो जातको आलु लेट ब्लाइटबाट प्रभावित हुँदैन ।

जर्मनीको बोनस्थित क्रप ट्रस्टमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरिसकेका बेन्जामिन किलियन भन्छन्-कुनै विशेष रोगप्रति प्रतिरोधक क्षमताको विकास गर्नु आमरुपमा सजिलो हुन्छ।

नयाँ जातको परीक्षण

क्रप ट्रस्टले मल्टिडे जातको आलुको विकास गर्ने प्रयासमा पेरुका वैज्ञानिकहरूसँग मिलेर काम गरिरहेको थियो । यसका अलावा यो संस्थाले अन्य विभिन्न बालीका नयाँ जातको विकासमा पनि काम गरिरहेको छ ।

धान की एक ऐसी किस्म के विकास पर शोध किया जा रहा है जो बाढ़ के दौरान पानी में डूबने पर भी ख़राब नहीं रहेंगे

कुनै पनि रोग विरुद्धको प्रतिरोधक क्षमता वास्तवमा एउटा जिनसँग जोडिएको हुन्छ। तर, सुख्खापनका साथै जमिनमा अत्यधिक अम्लीयपन हुनेजस्ता समस्या हटाउनका लागि वैज्ञानिकहरुले एक सय भन्दा धेरै जिनहरुसँग जुध्नुपर्ने हुनसकछ।

बिरुवाले सुख्खाको सामना गर्न सकोस् भन्नका लागि वैज्ञानिकहरुले विभिन्न तरिकाहरू अपनाउँछन् । जसमा खडेरीको मारबाट बँच्नका लागि बोटमा फूल छिटो फुलाउने, रुखको पातबाट पानीको वाष्पीकरण रोक्ने, लामो जरा होस् ताकि वनस्पती धेरै फैलियोस् र पानीसम्म पुग्न सकोस् ।

बेन्जामिन किलियन अन्तराष्ट्रिय रिसर्च सेन्टरदेखि सामुदायिक बिउ बैंक र किसानहरूसँग समेत काम गर्दछन् जसले कुनै पनि बालीको बारेमा आफ्नो मनपर्ने कुराको बारेमा सल्लाह दिन्छन् र नयाँ किसिमका परीक्षणमा सहयोग गर्दछन् ।

किलियन भन्छन्- हामीले फरक-फरक खालका किसानका कुरा सुन्दछौं । कहिलेकाहीं एकै परिवारका सदस्यलाई समेत बालीका फरक फरक विशेषता मन पर्दछन् ।

खाद्य प्रणाली

भनिन्छ महिलाहरू खाद्यान्नको स्वाद र पोषणका बारेमा अधिक चिन्तित हुन्छन् भने पुरुषहरूले बालीको उत्पादनमा धेरै ध्यान दिन्छन् । खेतीसँग सम्बन्धित कुराकानीमा प्रायः एउटा महत्वपूर्ण विषय भनेको उत्पादकत्व नै रहने गर्दछ ।

जीन एडिटिंग तेज़ी से अपने पैर फैला रही है. लेकिन अमेरिका के मैसाचुसेट्स की एक कंपनी इस तकनीक को और आगे ले जाना चाहती है. ये कंपनी है इनारी.

किलियनका अनुसार बर्सेनि उत्पादकत्व बढाउने प्रयासका कारण खाद्य प्रणाली अधिक निरस बन्दै गएको छ । यस्तोमा बढी उत्पादकत्वयुक्त बालीका जातहरुको संख्या समेत बढिरहेको छ।

उनी भन्छन्- अनुकुल परिस्थिति तथा बढी लागतसँगै उत्पादकत्वमा पनि वृद्धि हासिल गर्न सकिन्छ। तर, यसमा पूर्णरुपमा बालीको उत्पादन गुमाउन सक्ने जोखिम पनि रहन्छ। अधिकांश किसानहरुका लागि स्थिर तथा भरोसायोग्य उत्पादन दिने बाली लगाउनु आवश्यक हुन्छ जुन सबै खालका माहौलमा फलोस् ।

जलवायु परिवर्तन

परम्परागत बाली उब्जाउनमा समय धेरै लाग्नसक्छ र मिहिनेत पनि अधिक लाग्न सक्दछ ।
क्यालिफोर्निया विश्वविद्यालयस्थित इन्स्टिच्युट फर जिनोमिक इनोभेसनका कार्यकारी निर्देशक ब्राड रिंगिसनका अनुसार यस्तोमा उत्तम बालीको विकासका लागि जिन एडिटिङ एउटा उपयुक्त तरिका हुनसक्छ।

उनका अनुसार जलवायु परिवर्तनका कारण प्रतिकूलता बढेको छ र ठूलो संख्यामा रोगहरू पनि देखिइरहेका छन् । यस्तोमा रोगबाट बालीनालीलाई बचाउनका लागि अत्यधिक किटनाशक औषधि प्रयोग गर्नुको साटो जिन एडिटिङ उत्कृष्ट तरिका हो ।

वनस्पतीको रोग प्रतिरोधी क्षमताका अलावा इन्स्टिच्यूटले सुख्खा प्रतिरोधक क्षमतामा पनि काम गरिरहेको छ । जीन एडिटिङ प्रविधिबाट विकास गरिएका धानका केही जातहरूको परीक्षण चलिरहेको छ । ती जातमा धानका पातमा छिद्रहरूको संख्या कम गरिएको थियो ताकि धेरैभन्दा धेरै पानी धानको बोटमै रहोस् ।

जिन एडिटिङबाट विकास हुने जातमा कुनै प्रतिकूल प्रभाव नहोस् भन्नका लागि त्यसको परीक्षण अत्यावश्यक हुन्छ।

आईजीआई धानका यस्तो जातहरू पनि तयार गर्ने प्रयासमा छ जसमा धेरै पानी तथा कम पानीले असर गर्दैन । फिलिपिन्समा उसले धानको एउटा यस्तो जात बनाएको छ जो कैयन् हप्तासम्म पानीमा डुबिरहँदा पनि नष्ट हुँदैन ।

तर युरोपेली संघमा जिन एडिटिङमा व्यापक प्रतिबन्ध लगाइएको छ, जुन यस्तो खालका नश्लहरूको विस्तारमा ठुलो चुनौतीको रुपमा रहेको छ ।

बिउ व्यवस्थापन

यद्यपि यस्ता खालका आनुवंशिक रुपमा परिवर्तित बालीका जातहरुले किसानहरुालई पनि एउटा समस्या सिर्जना गरेको छ । अब किसानहरुले आफैले उब्जाएको बालीबाट बिउ राख्न सक्दैनन् र हरेक वर्ष बिउका लागि बजारमै निर्भर हुनुपर्छ ।

जैविक विविधताका लागि अफ्रिकी केन्द्रलगायतका संगठनहरुले बिउ व्यवस्थापनको अधिकार कम्पनीहरूको साटो किसानहरूको हातमा हुनुपर्ने माग गर्दै आएका छन् । किनकि कम्पनीहरूले प्रविधिको बहानामा बिउहरूको पेटेन्ट गराउने जोखिम हुन्छ ।

जलवायु परिवर्तनका कारण आउँदा दिनमा धेरै मानिसहरुले आफ्नो खानपानको तरिकामा परिवर्तन गर्न बाध्य हुनपर्ने देखिन्छ ।

कोको तथा केराजस्ता बालीहरू पहिलेदेखि नै जलवायु परिवर्तनको दबाबप्रति संवेदनशील सावित भैसकेका छन् ।

यस्तोमा फरक-फरक खालका बाली तथा बालीहरूका विभिन्न जातबाट फाइदा उठाउन सकिन्छ ।

बेन्जामिन किलियन भन्छन्- मलाई लाग्छ हामी सबैले बालीको विविधतालाई महत्व दिनु पर्दछ । हामी केवल केही महत्वपूर्ण बालीहरूमा मात्र निर्भर रहन सक्दैनौं ।

-बीबीसीबाट

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब