भारत टि–ट्वान्टी विश्वकपको फाइनलमा

  • असार १४, २०८१ | ४२३ पटक पढिएको | सीमा संदेश
alt

भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर चार बलमा एक सय ३ रनमा समेटियो । इङ्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए ।

भारतले फाइनलमा दक्षिण अफ्रिकासँग पर्सि आइतवार प्रतिस्पर्धा गर्नेछ । हिजै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो भने सन् २००७ को पहिलो संस्करण जितेको भारत तेस्रो पटक फाइनल पुगेको हो ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब