भारतलाई उपाधि जिताएसँगै कप्तान रोहितको सन्न्यासको घोषणा

  • असार १६, २०८१ | २७६ पटक पढिएको | सीमा संदेश
alt

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी २० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए ।

रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी–२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । भारतले २००७ मा टी–२० विश्वकप उपाधि जित्दा टोलीका सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी २० आई खेलमा ४९ मा जित र १२ खेलमा हार व्यहोरेको थियो । भारतका अर्का क्रिकेटर विराट कोहलीले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका छन् ।

देशभर गर्मी बढ्यो : पश्चिम तराईमा ४० डिग्री नाघ्यो

वर्षाका गतिविधि रोकिएसँगै देशभर गर्मी बढेको छ । पश्चिम ...

मधेशः लागूऔषध गाँजा तस्करको ‘हब’

मधेश प्रदेशमा लागूऔषध गाँजा तस्करको ट्रान्जिट प्वाइन्ट ...

जम्मुकम्मीर आतंकवादी हमलामा एक नेपालीको मृत्यु, छा

 भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंकका ...

वैशाख १० गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल वैसाख १० गते, बुधबार । ईश्वी सन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब