भारतलाई उपाधि जिताएसँगै कप्तान रोहितको सन्न्यासको घोषणा

  • असार १६, २०८१ | ५९६ पटक पढिएको | सीमा संदेश
alt

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी २० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए ।

रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी–२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । भारतले २००७ मा टी–२० विश्वकप उपाधि जित्दा टोलीका सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी २० आई खेलमा ४९ मा जित र १२ खेलमा हार व्यहोरेको थियो । भारतका अर्का क्रिकेटर विराट कोहलीले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका छन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब