गौतम गम्भीर भारतीय टीमको मुख्य प्रशिक्षक

  • असार २६, २०८१ | १७३ पटक पढिएको | सीमा संदेश
alt

गौतम गम्भीर भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त हुने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्समा पूर्व क्रिकेटर गौतम गम्भीर नै अब मूख्य प्रशिक्षक बन्ने जानकारी दिनुभएको छ । ‘म गौतम गम्भिरलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्दछु ।’ शाहले लेख्नुभएको छ ।

आधुनिक क्रिकेट तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थालाई गम्भीरले नजिकबाट हेरिरहेकोले उनी नै उपयुक्त पात्र भएको शाहले बताउनुभएको छ । आफ्नो करियरमा कठिनाइहरू भोगेका र विभिन्न भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका गौतम भारतीय क्रिकेटलाई अगाडि बढाउनका लागि आदर्श व्यक्ति हुन् भन्ने भन्ने लागेको बीसीसीआईका सचिव शाहले उल्लेख गर्नुभएको छ ।

बीसीसीआईका सचिव जय शाह भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा हुनुहुन्छ । गौतम गम्भीर पनि सन् २०१९ मा भारतीय जनता पार्टीमा सामेल भएर पूर्वी दिल्लीबाट सांसद पनि चुनिएका थिए । उनी सरकार र बीसीसीआईका सबैभन्दा शक्तिशाली व्यक्तिसँग पनि नजिक थिए । त्यसपछि उनले राजनीति छोडेका थिए ।

अहिले भारतीय क्रिकेट टीमको मुख्य प्रतिशकमा नियुक्त गरेर क्रिकेटमा भाजपाको राजनीति घुसाएको भन्दै आलोचना शुरु भएको छ । भारतीय क्रिकेट टीमका नयाँ प्रशिक्षकले लगातार तीन वर्ष काम गर्ने अवसर पाउनेछन् । 

jay_shah_ff_vAK6mVVvev

पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा ...

क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्

अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्र ...

नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुला (सूचना

काठमाडौँ ।  नेपाल प्रहरीमा नयाँ भर्ना खुलेकाे छ । ...

नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय म

 नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब