महिला एशिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित

  • साउन ४, २०८१ | ५६९ पटक पढिएको | सीमा संदेश
alt

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायाे ।

प्रतियाेगितामा तेस्राे पटक सहभागिता जनाएकाे नेपालकाे याे पहिलाे जित हाे । यसअघिका प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो ।

यूएईले दिएकाे १ सय १६ रनकाे लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जाेडिन् । यूएईकी कविशा इगाेदागेले ३ विकेट लिइन् ।

यसअघि श्रीलङ्काकाे दम्बुलामा टस हारेर ब्याटिङ गरेकाे यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायाे । यूएईकी खुशी शर्माले ३६, कविशा इगाेदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जाेशीले समान १ विकेट लिइन् ।

नेपाल र यूएईकाे खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएकाे नवाैँ संस्करणकाे महिला एशिया कप प्रतियाेगिताकाे फाइनल खेल आउँदाे जुलाई २८ मा हुनेछ ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

प्रतियाेगितामा अब नेपालले दाेस्राे खेलमा पर्सि पाकिस्तानसँग खेल्नेछ । यस्तै समूह चरणकाे तेस्राे तथा अन्तिम खेल आउँदाे मङ्गलवार भारतसँग खेल्नेछ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब