सिरहाको धमिनी सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न सकेन

  • भदौ १३, २०८१ | ३४५ पटक पढिएको | सीमा संदेश
alt

 सिरहा गोलबजारको धमिनी बचत तथा ऋण सहकारी संस्था सङ्कटग्रस्त अवस्थामा पुगेपछि बचतकर्ताको करोडौँ रुपैयाँ जोखिमा परेको छ । गोलबजार–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ ।

२५ लाख रुपैयाँ हाराहारी रकम सहकारीमा जम्मा भइसकेको छ, तर पछिल्लो एक वर्षदेखि पटक–पटक सहकारीमा धाउँदा पनि कर्मचारीले रित्तो हात फर्काइदिएको महतोको गुनासो छ । यस्तै, ५० लाख रुपैयाँ बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि यस्तै पीडा छ । ‘बचत माग्न जाँदा खुट्टा दुखिसक्यो तर धमिनी सहकारीले बचत फिर्ता दिनसकेको छैन’, ठाकुरले भन्नुभयो ।

सहकारीबाट रकम फिर्ता नपाउनेमा महतो र ठाकुर जस्तै हजारौँ बचतकर्ता छन् । दैनिक पाँच लाख रुपैयाँसम्म निक्षेप सङ्कलन हुने सहकारी अहिले बन्दजस्तै छ । सात हजार दुई सय जना बचतकर्ताहरुको १८ करोडभन्दा बढी बचत रकम जोखिममा परेको स्थानीयले जनाएका छन् ।

गोलबजार नगरपालिकाका उद्यमी, व्यापारी, किसान, मजदुर र पेसागत व्यक्तित्वले धमिनी सहकारीमा खाता खोलेका थिए । सहकारीले लगानी उठाउन नसक्दा गएको वर्षको सुरुआतबाटै सङ्कट व्यहोर्न थालेको हो ।

शुरुमा आर्थिक मन्दीका कारण नगद अभाव छ भनेर निक्षेपकर्तालाई फकाउन थालेपछि सहकारी डुब्न लागेको हल्ला फैलियो, त्यसपछि एकैपटक धेरै बचतकर्ता रकम फिर्ता लिन आउँदा समस्या भएको धमिनी बचत तथा ऋण सहकारीका अध्यक्ष देवनाथ साह स्वीकार गर्नुहुन्छ ।

अध्यक्ष साहले सावाँ व्याज गरेर २७ करोड रुपैयाँ उठाउन बाँकी रहेको र बचत फिर्ता गर्नुपर्ने रकम आठ करोड रुपैयाँ मात्र रहेकाले बचत निक्षेपकर्ताको रकम डुब्ने अवस्था नरहेको बताउनुभयो । 

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब