साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

  • साउन ११, २०८३ | २४ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । इस्वी सन् २०२६ जुलाई २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–त्रयोदशी बेलुकी ४ बजेर ५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मूल, बिहान ११ बजेर २७ मिनेट उप्रान्त पूर्वाषाढा । योग–वैधृति, रातको १२ बजेर ४३ मिनेट उप्रान्त विष्कुम्भ । करण–तैतिल, बेलुकी ४ बजेर ५ मिनेट उप्रान्त गर, रातको ५ बजेर २ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४४ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर २५ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर २६ मिनेटदेखि बिहान ७ बजेर ६ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ७ मिनेटदेखि बिहान ८ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ४८ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २९ मिनेटदेखि मध्यान्ह १२ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ५२ मिनेटदेखि दिउँसो ३ बजेर ३२ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ३ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १३ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ५ बजेर १४ मिनेटदेखि बेलुकी ८ बजेर १३ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर ५ मिनेटदेखि बिहान ८ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४९ मिनेटदेखि बिहान ४ बजेर ३७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्र्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) एकल तथा साझेदारी व्यवसायमा साझेदारहरू बिच मनमुटाब हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा बिलासी बस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको पेसा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हु नोल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामान गर्नुपर्नेछ ।  मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । वित्तीय बजारमा लगानी गरी नाम कमाउन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्नुपर्ने समय रहेको छ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन  सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । व्यवसाय वा शेयर बजारमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन्  । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब