संकटमा मधेश सरकार

  • साउन ११, २०८३ | १५१ पटक पढिएको | सीमा संदेश
alt

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका मधेश प्रदेश सरकार संकटमा परेको छ । नेकपा एमाले र नेकपाबिच नयाँ समीकरण बनेपछि मधेशमा बारे बहस सुरु भएको छ ।

नयाँ गठबन्धनले मधेस सरकारबारे कुनै स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री कृष्ण यादव दबाबमा परेका छन् । मधेस प्रदेशमा एमाले र नेकपा मिलेर मात्र सरकार बन्न सक्दैन, त्यसका लागि मधेसवादी दलको सहयोग अनिवार्य छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन अहिले भने ५२ सांसद आवश्यक पर्छ, किनकि मधेस प्रदेश सभामा हाल १०३ सदस्य छन् ।

हाल एमालेसँग २४ र नेकपासँग १५ गरी गठबन्धनसँग ३९ सांसद मात्र छन्, जुन बहुमतभन्दा १३ सिट कम हो । १२ सांसद रहेको जनमत पार्टी, १–१ सांसद रहेका नेपाल संघीय समाजवादी पार्टी र राप्रपाले साथ दिएमा मात्र यो गठबन्धनको सरकार बन्न सक्छ । तर, जनमत पार्टीले पुनः यो गठबन्धनलाई साथ नदिने भन्ने संकेत गरिसकेका छन् ।

यो स्थितिमा सबभन्दा ठुलो दल २८ सदस्यीय जनता समाजवादी पार्टी -जसपा) नेपाल मधेसमा निर्णायक बनेको छ । ठुलो दलको हैसियतले जसपा नेपालले सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । जसपा नेपालका नेता डा. सुरेन्द्र झाले ठुलो दलको नाताले नेतृत्वमा दाबी स्वाभाविक भएपनि कांग्रेसले सरकार नछाडेसम्म नयाँ प्रक्रिया सुरु हुन नसक्ने बताए ।

यस्तै, अर्का नेता जितेन्द्र सोनलले वर्तमान सरकारको परिस्थिति नबदलिएसम्म जसपा नेपालले कुनै कदम नचाल्ने स्पष्ट पारे । उनले भने, ‘हामी सरकार बनाउनै पर्छ भन्ने दौडमा छैनौँ, अर्को सरकार बनाउने परिस्थिति बनेमा मात्र छलफल गर्छौँ ।’ केन्द्रमा कांग्रेस र एमालेबिच कुनै सहमति भए मात्र मधेस सरकारले निरन्तरता पाउन सक्छ । सरकारमाथि संकट गहिरिँदै जाँदा मुख्यमन्त्री कृष्ण यादव भने काठमाडौँ पुगेर पार्टीका शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेसको २२ सिट रहेको छ । उता एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच पाँच प्रदेशमा सत्ता सहकार्यको सहमति भएसँगै नेपाली कांग्रेसले मधेश र गण्डकी मा आफ्ना सरकार र सत्ता पोजिसन जोगाउन रणनीतिक पहल सुरु गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको पदाधिकारी, प्रदेश सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठकले प्रदेशको वस्तुस्थिति अनुसार सबै दलहरूसँग वार्ता र संवाद जारी राख्ने निर्णय गरेको छ ।

अहिले कांग्रेसको नेतृत्वमा रहेका मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम मध्ये बागमती र सुदूरपश्चिममा मुख्यमन्त्री पद धरापमा परेको छ । यद्यपि, एमाले र नेकपाबिच सहमति भएका प्रदेशहरूमा पनि दुई दलको मात्रै सहजरूपमा बहुमत नपुग्ने आकलन गर्दै कांग्रेसले साना दलहरूका साथै सत्ता साझेदार दलहरूसँग समेत छलफल अघि बढाउने रणनीति बनाएको छ ।

विशेष गरी लुम्बिनीमा सभामुखबाहेक बहुमत नपुग्ने प्राविधिक अवस्थालाई ध्यान दिँदै कांग्रेसले तत्कालै मुख्यमन्त्री तथा मन्त्रीहरूले राजीनामा नदिने र राजनीतिक प्रयास असफल भएपछि मात्रै अन्तिम निर्णय लिने नीति तय गरेको छ । केन्द्रस्तरमा अन्य दलहरूसँग राजनीतिक संवादका लागि कांग्रेसले सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी सुम्पेको छ ।

लोकतान्त्रिक मूल्यमान्यता विपरीत तीन ठूला दल मिलेर प्रतिपक्षीविहीन प्रदेश सरकार बनाउन अस्वीकार गरेको कांग्रेसले आफ्ना सरकार जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रस्ट पारेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब