संकटमा मधेश सरकार

  • साउन ११, २०८३ | २५ पटक पढिएको | सीमा संदेश
alt

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका मधेश प्रदेश सरकार संकटमा परेको छ । नेकपा एमाले र नेकपाबिच नयाँ समीकरण बनेपछि मधेशमा बारे बहस सुरु भएको छ ।

नयाँ गठबन्धनले मधेस सरकारबारे कुनै स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री कृष्ण यादव दबाबमा परेका छन् । मधेस प्रदेशमा एमाले र नेकपा मिलेर मात्र सरकार बन्न सक्दैन, त्यसका लागि मधेसवादी दलको सहयोग अनिवार्य छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन अहिले भने ५२ सांसद आवश्यक पर्छ, किनकि मधेस प्रदेश सभामा हाल १०३ सदस्य छन् ।

हाल एमालेसँग २४ र नेकपासँग १५ गरी गठबन्धनसँग ३९ सांसद मात्र छन्, जुन बहुमतभन्दा १३ सिट कम हो । १२ सांसद रहेको जनमत पार्टी, १–१ सांसद रहेका नेपाल संघीय समाजवादी पार्टी र राप्रपाले साथ दिएमा मात्र यो गठबन्धनको सरकार बन्न सक्छ । तर, जनमत पार्टीले पुनः यो गठबन्धनलाई साथ नदिने भन्ने संकेत गरिसकेका छन् ।

यो स्थितिमा सबभन्दा ठुलो दल २८ सदस्यीय जनता समाजवादी पार्टी -जसपा) नेपाल मधेसमा निर्णायक बनेको छ । ठुलो दलको हैसियतले जसपा नेपालले सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । जसपा नेपालका नेता डा. सुरेन्द्र झाले ठुलो दलको नाताले नेतृत्वमा दाबी स्वाभाविक भएपनि कांग्रेसले सरकार नछाडेसम्म नयाँ प्रक्रिया सुरु हुन नसक्ने बताए ।

यस्तै, अर्का नेता जितेन्द्र सोनलले वर्तमान सरकारको परिस्थिति नबदलिएसम्म जसपा नेपालले कुनै कदम नचाल्ने स्पष्ट पारे । उनले भने, ‘हामी सरकार बनाउनै पर्छ भन्ने दौडमा छैनौँ, अर्को सरकार बनाउने परिस्थिति बनेमा मात्र छलफल गर्छौँ ।’ केन्द्रमा कांग्रेस र एमालेबिच कुनै सहमति भए मात्र मधेस सरकारले निरन्तरता पाउन सक्छ । सरकारमाथि संकट गहिरिँदै जाँदा मुख्यमन्त्री कृष्ण यादव भने काठमाडौँ पुगेर पार्टीका शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेसको २२ सिट रहेको छ । उता एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच पाँच प्रदेशमा सत्ता सहकार्यको सहमति भएसँगै नेपाली कांग्रेसले मधेश र गण्डकी मा आफ्ना सरकार र सत्ता पोजिसन जोगाउन रणनीतिक पहल सुरु गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको पदाधिकारी, प्रदेश सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठकले प्रदेशको वस्तुस्थिति अनुसार सबै दलहरूसँग वार्ता र संवाद जारी राख्ने निर्णय गरेको छ ।

अहिले कांग्रेसको नेतृत्वमा रहेका मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम मध्ये बागमती र सुदूरपश्चिममा मुख्यमन्त्री पद धरापमा परेको छ । यद्यपि, एमाले र नेकपाबिच सहमति भएका प्रदेशहरूमा पनि दुई दलको मात्रै सहजरूपमा बहुमत नपुग्ने आकलन गर्दै कांग्रेसले साना दलहरूका साथै सत्ता साझेदार दलहरूसँग समेत छलफल अघि बढाउने रणनीति बनाएको छ ।

विशेष गरी लुम्बिनीमा सभामुखबाहेक बहुमत नपुग्ने प्राविधिक अवस्थालाई ध्यान दिँदै कांग्रेसले तत्कालै मुख्यमन्त्री तथा मन्त्रीहरूले राजीनामा नदिने र राजनीतिक प्रयास असफल भएपछि मात्रै अन्तिम निर्णय लिने नीति तय गरेको छ । केन्द्रस्तरमा अन्य दलहरूसँग राजनीतिक संवादका लागि कांग्रेसले सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी सुम्पेको छ ।

लोकतान्त्रिक मूल्यमान्यता विपरीत तीन ठूला दल मिलेर प्रतिपक्षीविहीन प्रदेश सरकार बनाउन अस्वीकार गरेको कांग्रेसले आफ्ना सरकार जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रस्ट पारेको छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब