पतिपत्नीको डिएनए टेस्ट गराउँदा जब दाजु बहिनी भएको खुलासा भयो…

  • कार्तिक १, २०८१ | ३०० पटक पढिएको | सीमा संदेश
alt

भनिन्छ जीवनमा केही रहस्यका पर्दाहरु नखुलेकै बेस हुन्छ, किनकि कहिलेकाहीँ त्यस्ता रहस्यको पर्दाफास हुँदा संसार नै हल्लिन सक्छ । एक दम्पत्तिको जीवनमा यस्तै घटना भएको छ ।

मजाकै मजाकमा डिएनए टेस्ट गराउनु उनीहरुका लागि जीवनमै ठूलो भुल सावित भएको छ र त्यसले उनीहरुको वैवाहिक जीवनमाथि नै प्रश्न उठाइदिएको छ ।यो कहानी अमेरिकामा बस्ने सेलिना र जोसेफ क्विनोसको हो ।

१० वर्षअघि बिहे गरेका क्विनोस दम्पत्तिको दाम्पत्य जीवन सुखपूर्वक बितिरहेको थियो । तर एक दिन उनीहरुले ख्यालठट्टामै दुबैजनाको डिएनए परीक्षण गराउने निधो गरे । अमेरिकामा डिएनए परीक्षण गर्ने कुरा निकै सहज काम हो, तर त्यसको जुन नतिजा निस्कियो त्यो उनीहरुकै जीवनको सर्वाधिक कठीन नतिजा बनिदियो ।

आफु र आफ्नो पतिको डिएनए जाँचको नतिजाको विषयमा सेलिनाले एक पडकास्ट मार्फत् खुलासा गरेकी छिन्। वास्तवमा मानिसहरुका प्रश्नको जवाफ दिनका लागि उनीहरुले डिएनए परीक्षण गरेका थिए । उनीहरु आफ्नो विरासत अर्थात् पुस्ताहरुको बारेमा जान्न चाहन्थे।

सेलिन भन्छिन्, ‘मेरी छोरी कालो वर्णकी छिन् । मेरो एउटा छोराको कपाल घुम्रिएको छ तर मेरो अर्को छोरा भने गोरो वर्णको छ। त्यसैले मानिसहरुले मलाई सधै सोध्ने गर्दथे कि तिमी को हौ ? तिम्रो पृष्ठभूमि के हो ? त्यसको जवाफमा मैले म रैथाने अमेरिकी हुँ मात्र भन्थेँ । तथापि मलाई एकीन थिएन।’

जब पति पत्नी खासमा दाजु बहिनी भएको खुलासा भयो…

डेलीस्टारको रिपोर्ट अनुसार त्यसपछि ठट्टै ठट्टामा सेलिना र जोसेफ क्विनोस दुबैजना पतिपत्नीले नै डिएनए परीक्षण गराए । जब उक्त परीक्षणको नतिजा उनीहरुको हातमा पर्यो तब उनीहरु दुबैजना तिनछक परे । किनकि डिएनए टेस्टले सेलिना र जोसेफ वास्तवमा ……. दाजु बहिनी भएको खुलासा भयो । सो यथार्थ थाहा पाउँदा दुबैजनालाई ठूलै झट्का लाग्नु स्वभाविकै थियो किनकि ३ पुस्ता बितिसकेको हुनाले उनीहरुलाई त्यस यथार्थको बारेमा कुनै कल्पनासम्म थिएन ।

अमेरिकाको कोलोराडोमा बस्ने सेलिना र जोसेफले आफ्नो सो कथा सोसल मिडियामा शेयर गरेका छन् । आफुहरुबीच दाजु बहिनीको नाता भएको थाहा हुँदापनि आफुले पति जोसेफसँगको पति पत्नीको नाता तोड्न नचाहेको सेलिना बताउँछिन् । त्यसैले उनीहरु अहिले डिभोर्स गर्ने पक्षमा छैनन् ।

स्मरण रहोस् परिवार भित्रै वा हाडनातामा विवाह गर्नु वैज्ञानिक रुपमा पनि सही मानिँदैन । किनकि यसबाट आनुवांशिक समस्या समेत उत्पन्न हुने जोखिम रहन्छ । एजेन्सीको सहयोगमा

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब