खाना भत्ता डण्डिफोरको उपचारमा खर्च गरेपछि फेसबुकले बर्खास्त गर्‍यो २ दर्जन कर्मचारी

  • कार्तिक ४, २०८१ | ५७९ पटक पढिएको | सीमा संदेश
alt

कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ ।

लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् ।

मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा नि:शुल्क रुपमा खाना खाने सुविधा दिएको हुन्छ भने सानो आकारका कार्यालयमा कार्यरत कर्मचारीलाई चाहिं ब्रेकफास्ट भत्ताबापत २० डलर र लञ्च तथा डिनर भत्ताबापत २५/२५ डलरको भौचर प्रदान गर्दछ ।

उक्त रकमबाट कर्मचारीले खानेकुरा अनलाइनबाटै कार्यालयमा मगाएर खान सकुन् र काममा बाधा नपुगोस् भन्ने उद्देश्य मेटाको रहेको छ ।

तर, लस एन्जल्सस्थित कार्यालयका कतिपय कर्मचारीहरुले उक्त खाना भत्ताको रकम दुरुपयोग गरेको आन्तरिक अनुसन्धानले देखाएको छ । जसमा ती कर्मचारीहरुले भत्ताबापतको रकम अन्य वस्तुमा खर्च गर्ने तथा कार्यालयको साटो घरमै खानेकुरा मगाउने गरेको पाइएको छ ।

मेटाले कम्पनीको श्रृंखलाबद्ध पुनर्संरचनाका क्रममा कर्मचारीहरू कटौती गर्न लागिरहेको बताइरहेका बेला नै गत साता भएको पछिल्लो बर्खास्तगीको समाचार सार्वजनिक भएको हो ।

खाना भत्ताको रकम दुरुपयोग गर्ने करिब २ दर्जन कर्मचारीलाई हटाइएको बताइएपछि मेटाले यकिन संख्या भने सार्वजनिक गरेको छैन ।

स्मरण रहोस् कर्मचारी कटौतीकै सिलसिलामा मेटाले गत वर्ष २० हजारभन्दा धेरै कर्मचारी कटौती गरेको थियो ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब