विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित

  • कार्तिक १८, २०८१ | ३७२ पटक पढिएको | सीमा संदेश
alt

आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर पाँच बलमा दुई सय ४४ रनमा अलआउट भयो ।

नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए । यस्तै सोमपाल कामीले ४६ रन बनाए । अमेरिकाका सौरभ नेत्रावलकरले चार विकेट लिए ।

त्यसअघि डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । यस्तै कप्तान मोनांक पटेलले ६७ र हरमित सिंहले ५९ रन बनाए । नेपालका गुलशन झाले तीन विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । कुशल भुर्तेलले एक विकेट लिए ।

लिग–२ अन्तर्गत यो शृङ्खलाको पहिलो खेलमा पनि नेपाल घरेलु टोली अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।

तालिकाको सातौँ स्थानमा रहेको नेपालको ११ खेलमा पाँच अङ्क छ । १२ खेलमा १६ अङ्कका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा भोलि स्कटल्याण्डसँग खेल्नेछ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब