हाकिमले गाली गरेपछि ट्वाइलेट नै जान छाडेकी महिला कर्मचारीको शरीर जब ढुंगाजस्तै बन्यो

  • कार्तिक १९, २०८१ | ४२३ पटक पढिएको | सीमा संदेश
alt

कर्पोरेट क्षेत्रमा काम गर्ने मानिसहरूआफ्नो दिनको अधिकांश समय कार्यालयमा बिताउँछन् । यसका कारणले कार्यालयको वातावरण तथा संस्कृतिले हाम्रो मानसिक स्थिति तथा मूडमा ठूलो असर पार्दछ । चीनको एउटा यस्तै अफिसमा अनौठो घटना भएको छ ।

सो कम्पनीमा काम गर्ने एकजना महिला कर्मचारीलाई कम्पनीका म्यानेजरले गाली गरेपछि ती कर्मचारीमा त्यसको यति खराब मनोवैज्ञानिक असर पर्‍यो कि उनी भयानक तनावमा परिन् । त्यसपछि उनको अवस्था यस्तो भयो कि उनले कुनै पनि खालको प्रतिक्रिया दिनै छाडिन् । उनी केवल एक ठाउँमा स्थिर भएर बस्न थालिन् । खानपिन गर्न र यहाँसम्म कि ट्वाइलेट जान पनि छाडिन् । उनी वास्तवमा ढुंगाजस्तै बनिन् ।

ली नामकी ती महिला कर्मचारी चीनको हेनान प्रान्तकी बासिन्दा हुन् । उनी हिँडडुल गर्न असमर्थ भएकी थिइन् । डाक्टरहरुका अनुसार उनी ढुंगाजस्तै भइन् । वास्तवमा उनको अवस्था यस्तो हुनुभन्दा अघि उनको कार्यालयका टिम लिडरले उनलाई गाली गरेका थिए । त्यसपछि ती महिलाको अवस्था विस्तारै यस्तो भयो कि उनी ट्वाइलेट सम्म जान छाडिन् ।

डिप्रेसनको सबैभन्दा गम्भीर अवस्था

साउथ चाइना मर्निंग पोष्टका अनुसार ती महिलाको अवस्था विस्तारै बिग्रिंदै गयो । झेंगझौ अस्पतालका डाक्टरहरुका अनुसार उनलाई क्याटेटोनिक स्टूपर नामक स्वास्थ्य समस्या उत्पन्न भएको हो । जुन डिप्रेसनको सबैभन्दा गम्भीर लक्षणमध्ये एक हो ।

क्लीभल्याण्ड क्लिनिकका अनुसार क्याटेटोनिया एउटा गम्भीर क्लिनिकल सिन्ड्रोम हो । यो समस्या भएको मानिस कुनै पनि कुराप्रति प्रतिक्रिया जनाउन असमर्थ हुन्छ ।

यस्ता गम्भीर अवस्थामा गएको मानिसमा हिंडडुल गर्न वा शरीर चलाउन समेत मुस्किल हुन्छ । यो डिप्रेसनको चरम सीमा हो । यो समस्या तब उत्पन्न हुन्छ जब कसैलाई भावनात्मक रुपमा तीव्र आघात पर्दछ ।

जब जब लीको अवस्था बिग्रियो तब उनको शाररीक क्षमता पनि निकै कम भयो । परिवारका सदस्यका अनुसार उनको टाउको मुनिबाट सिरानी हटाउँदासमेत उनको टाउको हावामै झुण्डिएको हुन्थ्यो । दिसापिसाब गर्ने कुरा सम्झाउन पनि उनलाई परिवारको आवश्यकता पर्दथ्यो ।

लीको उक्त अवस्थाको बारेमा सोसल मिडियामा व्यापक चर्चा भएसँगै मानिसहरुले कार्यालयको कार्यवातावरण र कार्यसंस्कृतिका बारेमा आलोचना गरेका छन् ।

कर्मचारीको मानसिक स्थितिको ख्याल नगरिकनै दबाब दिने हाकिम तथा व्यवस्थापकप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब