हाकिमले गाली गरेपछि ट्वाइलेट नै जान छाडेकी महिला कर्मचारीको शरीर जब ढुंगाजस्तै बन्यो

  • कार्तिक १९, २०८१ | ४३१ पटक पढिएको | सीमा संदेश
alt

कर्पोरेट क्षेत्रमा काम गर्ने मानिसहरूआफ्नो दिनको अधिकांश समय कार्यालयमा बिताउँछन् । यसका कारणले कार्यालयको वातावरण तथा संस्कृतिले हाम्रो मानसिक स्थिति तथा मूडमा ठूलो असर पार्दछ । चीनको एउटा यस्तै अफिसमा अनौठो घटना भएको छ ।

सो कम्पनीमा काम गर्ने एकजना महिला कर्मचारीलाई कम्पनीका म्यानेजरले गाली गरेपछि ती कर्मचारीमा त्यसको यति खराब मनोवैज्ञानिक असर पर्‍यो कि उनी भयानक तनावमा परिन् । त्यसपछि उनको अवस्था यस्तो भयो कि उनले कुनै पनि खालको प्रतिक्रिया दिनै छाडिन् । उनी केवल एक ठाउँमा स्थिर भएर बस्न थालिन् । खानपिन गर्न र यहाँसम्म कि ट्वाइलेट जान पनि छाडिन् । उनी वास्तवमा ढुंगाजस्तै बनिन् ।

ली नामकी ती महिला कर्मचारी चीनको हेनान प्रान्तकी बासिन्दा हुन् । उनी हिँडडुल गर्न असमर्थ भएकी थिइन् । डाक्टरहरुका अनुसार उनी ढुंगाजस्तै भइन् । वास्तवमा उनको अवस्था यस्तो हुनुभन्दा अघि उनको कार्यालयका टिम लिडरले उनलाई गाली गरेका थिए । त्यसपछि ती महिलाको अवस्था विस्तारै यस्तो भयो कि उनी ट्वाइलेट सम्म जान छाडिन् ।

डिप्रेसनको सबैभन्दा गम्भीर अवस्था

साउथ चाइना मर्निंग पोष्टका अनुसार ती महिलाको अवस्था विस्तारै बिग्रिंदै गयो । झेंगझौ अस्पतालका डाक्टरहरुका अनुसार उनलाई क्याटेटोनिक स्टूपर नामक स्वास्थ्य समस्या उत्पन्न भएको हो । जुन डिप्रेसनको सबैभन्दा गम्भीर लक्षणमध्ये एक हो ।

क्लीभल्याण्ड क्लिनिकका अनुसार क्याटेटोनिया एउटा गम्भीर क्लिनिकल सिन्ड्रोम हो । यो समस्या भएको मानिस कुनै पनि कुराप्रति प्रतिक्रिया जनाउन असमर्थ हुन्छ ।

यस्ता गम्भीर अवस्थामा गएको मानिसमा हिंडडुल गर्न वा शरीर चलाउन समेत मुस्किल हुन्छ । यो डिप्रेसनको चरम सीमा हो । यो समस्या तब उत्पन्न हुन्छ जब कसैलाई भावनात्मक रुपमा तीव्र आघात पर्दछ ।

जब जब लीको अवस्था बिग्रियो तब उनको शाररीक क्षमता पनि निकै कम भयो । परिवारका सदस्यका अनुसार उनको टाउको मुनिबाट सिरानी हटाउँदासमेत उनको टाउको हावामै झुण्डिएको हुन्थ्यो । दिसापिसाब गर्ने कुरा सम्झाउन पनि उनलाई परिवारको आवश्यकता पर्दथ्यो ।

लीको उक्त अवस्थाको बारेमा सोसल मिडियामा व्यापक चर्चा भएसँगै मानिसहरुले कार्यालयको कार्यवातावरण र कार्यसंस्कृतिका बारेमा आलोचना गरेका छन् ।

कर्मचारीको मानसिक स्थितिको ख्याल नगरिकनै दबाब दिने हाकिम तथा व्यवस्थापकप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब