तपाईंको मृत्यु कहिले हुन्छ ? अब एआई क्याल्कुलेटरले गर्नेछ भविष्यवाणी

  • कार्तिक २४, २०८१ | ३६६ पटक पढिएको | सीमा संदेश
alt

आफ्नो मृत्यु कहिले हुन्छ ? भन्ने कुरा हामी कसैलाई पनि थाहा हुँदैन । मृत्यु एकदिन अवश्य हुन्छ । तर, यसको मिति अनिश्चित छ र भविष्यवाणी गर्न सकिंदैन ।

विज्ञान र प्रविधिमा भएको चरम विकासका बाबजुत मानिसले आफ्नो मृत्युलाई रोक्न वा मृत्युको ठ्याक्कै भविष्यवाणी गर्न सकेको छैन । तथापि हालै प्रकाशित एक शोध अनुसार अब मृत्युको पनि भविष्यवाणी गर्न सकिनेछ, त्यो पनि केबल २ मिनेटमै ।

Lancet Digital Health पत्रिमामा यस विषयमा एक शोध रिपोर्ट प्रकाशित भएको छ । त्यसमा AI Death Calculator का विषयमा उल्लेख गरिएको छ । जसमा आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट मृत्युको समय वा जोखिम गणना गर्न सकिनेछ, त्यसको अनुमान गर्न सकिनेछ ।

बेलायतको नेसनल हेल्थ सर्भिससँग सम्बन्धित दुईवटा अस्पतालले उक्त मृत्यु गणकको परीक्षण छिट्टै नै गर्दैछन् । वास्तवमा उक्त डेथ क्याल्कुलेटरको पूरा नाम  AI-ECG Risk Estimator अर्थात् AIRE हो । यसले मानिसको मुटुले कहिले काम गर्न छाड्छ अर्थात् हार्टफेल हुन्छ भन्ने कुराको भविष्यवाणी गर्नेछ ।

मुटुले जब रगत पम्प गर्न छाड्छ, सरीरमा विभिन्न खालका समस्या पैदा हुन थाल्दछन् र यसबाट मानिसको मृत्यु हुन्छ । मृत्युमा १० मध्ये ८ घटना यसैगरी हुन्छन् ।

Artificial intelligence-enabled electrocardiogram for mortality and cardiovascular risk estimation शीर्षकको उक्त अध्ययन अनुसार AIRE प्लाटफर्म निर्माण गर्नुको उद्देश्य भनेको विद्यमान एआई ईसीजीको अभ्यासमा परिवर्तन गर्नु हो ।

पुरानो तरिकामा धेरै कमजोरीहरु थिए । जब उक्त गणकका बारेमा बेलायतीहरुलाई थाहा भयो तब सयौं जनाले अस्पतालहरुमा गएर आवेदन दिन सुरु गरेका छन् ताकि उक्त ट्रायलमा उनीहरुलाई पनि सामेल गर्न सकियोस् ।

डाक्टरले पत्ता नलगाउने रोग समेत एआईले पत्ता लगाइदिनेछ

यो परीक्षणमा केही मिनेट भित्रैमा मुटुको विद्युतीय गतिविधि कस्तो छ भन्ने थाहा हुन्छ । साथै मुटुमा लुकेर रहेका स्वास्थ्य समस्याहरुका बारेमा पनि पत्ता लाग्दछ । त्यस्ता समस्याहरु डाक्टरले सजिलोसँगै पत्ता लगाउन सक्दैनन् ।

उक्त ट्रायल पश्चात् व्यक्तिलाई आफु आगामी १० वर्षभित्रमा मुटुको समस्याका कारण मर्छु कि मर्दिन भन्ने थाहा हुन्छ । यसबाट आएको नतिजा ७८ प्रतिशत सही हुने दाबी गरिएको छ ।

साथै आफूलाई भविष्यमा मृत्युको जोखिम बढाउने तथा असाध्य खालको कुनै भयानक बिमारी हुँदैछ कि भन्ने बारेमा पनि यसबाट थाहा पाउन सकिन्छ ।

मृत्युको भविष्यवाणी गर्ने यो मृत्यु क्याल्कुलेटरको परीक्षण सन् २०२५ को मध्यतिरबाट लण्डनस्थित दुईवटा अस्पतालमा सुरु हुनेछ । आगामी ५ वर्षमा पूरै बेलायतभर नै यसको प्रयोग सुरु हुने बताइएको छ ।

एआई डेथ क्याल्कुलेटरले कसरी काम गर्छ ?

शोध रिपोर्ट अनुसार यो क्याल्कुलेटरलाई एक लाख ८९ हजार ५३९ जना बिरामीको ईसीजी रिपोर्ट अनुसार तालिम दिइएको छ । ती बिरामीका कुल ११ लाख ६० हजार ईसीजी रिपोर्टका डेटा उक्त क्याल्कुलेटरमा राखिएको छ । त्यसमध्ये ७६ प्रतिशत मामिलामा मुटुको धड्कने दरमा समस्या पाइएको छ । जसबाट भविष्यमा हृदयाघात वा अन्य बिमारीहरु हुने आशंका रहन्छ । धमती पातलो हुने, रगतको बहावमा कठिनाइ जस्ता समस्याहरु हरेक १० मध्ये ७ जना बिरामीमा पाइने गरेको छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब