तपाईंको मृत्यु कहिले हुन्छ ? अब एआई क्याल्कुलेटरले गर्नेछ भविष्यवाणी

  • कार्तिक २४, २०८१ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

आफ्नो मृत्यु कहिले हुन्छ ? भन्ने कुरा हामी कसैलाई पनि थाहा हुँदैन । मृत्यु एकदिन अवश्य हुन्छ । तर, यसको मिति अनिश्चित छ र भविष्यवाणी गर्न सकिंदैन ।

विज्ञान र प्रविधिमा भएको चरम विकासका बाबजुत मानिसले आफ्नो मृत्युलाई रोक्न वा मृत्युको ठ्याक्कै भविष्यवाणी गर्न सकेको छैन । तथापि हालै प्रकाशित एक शोध अनुसार अब मृत्युको पनि भविष्यवाणी गर्न सकिनेछ, त्यो पनि केबल २ मिनेटमै ।

Lancet Digital Health पत्रिमामा यस विषयमा एक शोध रिपोर्ट प्रकाशित भएको छ । त्यसमा AI Death Calculator का विषयमा उल्लेख गरिएको छ । जसमा आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट मृत्युको समय वा जोखिम गणना गर्न सकिनेछ, त्यसको अनुमान गर्न सकिनेछ ।

बेलायतको नेसनल हेल्थ सर्भिससँग सम्बन्धित दुईवटा अस्पतालले उक्त मृत्यु गणकको परीक्षण छिट्टै नै गर्दैछन् । वास्तवमा उक्त डेथ क्याल्कुलेटरको पूरा नाम  AI-ECG Risk Estimator अर्थात् AIRE हो । यसले मानिसको मुटुले कहिले काम गर्न छाड्छ अर्थात् हार्टफेल हुन्छ भन्ने कुराको भविष्यवाणी गर्नेछ ।

मुटुले जब रगत पम्प गर्न छाड्छ, सरीरमा विभिन्न खालका समस्या पैदा हुन थाल्दछन् र यसबाट मानिसको मृत्यु हुन्छ । मृत्युमा १० मध्ये ८ घटना यसैगरी हुन्छन् ।

Artificial intelligence-enabled electrocardiogram for mortality and cardiovascular risk estimation शीर्षकको उक्त अध्ययन अनुसार AIRE प्लाटफर्म निर्माण गर्नुको उद्देश्य भनेको विद्यमान एआई ईसीजीको अभ्यासमा परिवर्तन गर्नु हो ।

पुरानो तरिकामा धेरै कमजोरीहरु थिए । जब उक्त गणकका बारेमा बेलायतीहरुलाई थाहा भयो तब सयौं जनाले अस्पतालहरुमा गएर आवेदन दिन सुरु गरेका छन् ताकि उक्त ट्रायलमा उनीहरुलाई पनि सामेल गर्न सकियोस् ।

डाक्टरले पत्ता नलगाउने रोग समेत एआईले पत्ता लगाइदिनेछ

यो परीक्षणमा केही मिनेट भित्रैमा मुटुको विद्युतीय गतिविधि कस्तो छ भन्ने थाहा हुन्छ । साथै मुटुमा लुकेर रहेका स्वास्थ्य समस्याहरुका बारेमा पनि पत्ता लाग्दछ । त्यस्ता समस्याहरु डाक्टरले सजिलोसँगै पत्ता लगाउन सक्दैनन् ।

उक्त ट्रायल पश्चात् व्यक्तिलाई आफु आगामी १० वर्षभित्रमा मुटुको समस्याका कारण मर्छु कि मर्दिन भन्ने थाहा हुन्छ । यसबाट आएको नतिजा ७८ प्रतिशत सही हुने दाबी गरिएको छ ।

साथै आफूलाई भविष्यमा मृत्युको जोखिम बढाउने तथा असाध्य खालको कुनै भयानक बिमारी हुँदैछ कि भन्ने बारेमा पनि यसबाट थाहा पाउन सकिन्छ ।

मृत्युको भविष्यवाणी गर्ने यो मृत्यु क्याल्कुलेटरको परीक्षण सन् २०२५ को मध्यतिरबाट लण्डनस्थित दुईवटा अस्पतालमा सुरु हुनेछ । आगामी ५ वर्षमा पूरै बेलायतभर नै यसको प्रयोग सुरु हुने बताइएको छ ।

एआई डेथ क्याल्कुलेटरले कसरी काम गर्छ ?

शोध रिपोर्ट अनुसार यो क्याल्कुलेटरलाई एक लाख ८९ हजार ५३९ जना बिरामीको ईसीजी रिपोर्ट अनुसार तालिम दिइएको छ । ती बिरामीका कुल ११ लाख ६० हजार ईसीजी रिपोर्टका डेटा उक्त क्याल्कुलेटरमा राखिएको छ । त्यसमध्ये ७६ प्रतिशत मामिलामा मुटुको धड्कने दरमा समस्या पाइएको छ । जसबाट भविष्यमा हृदयाघात वा अन्य बिमारीहरु हुने आशंका रहन्छ । धमती पातलो हुने, रगतको बहावमा कठिनाइ जस्ता समस्याहरु हरेक १० मध्ये ७ जना बिरामीमा पाइने गरेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब