के कपाल खाइरहेका छन् चिनियाँहरू ?

  • कार्तिक २७, २०८१ | ३१० पटक पढिएको | सीमा संदेश
alt

चीनको छेंग्दुस्थित सडकमा हिंड्ने बटुवाहरूले खाइरहेको अनौठो खाना इन्टरनेटमा निकै भाइरल बनिरहेको छ । त्यहाँ सडकमा हिंड्ने मानिसहरुले कपालको गुच्छाजस्तो चिज खाइरहेका छन् । आखिर त्यो खानेकुरा के हो ?

मानिसको शिरको कपालको गुच्छाजस्तै देखिने त्यो भाइरल खानेकुरा चीनको नयाँ स्ट्रिट फूड हो । यसलाई देख्दा लाग्छ कि मानिसले कपाल खाइरहेका छन् ।

यो खानेकुराको नाम फा कै या फ्याट चोय हो । यो एक प्रकारको सुख्खा साइनोब्याक्टेरियम हो जो लामो समयदेखि चिनियाँ खानाको हिस्सा बन्दै आएको छ । यो अधिकांश त चीनको गांसू, शांग्सी, किंगहाई, झिजियांग र मंगोलिया जस्ता शुष्क तथा उराठ मरुभूमि इलाकाहरुमा उब्जिन्छ र काटेपछि तुरुन्तै हावामा सुकाएर यसलाई तयार पारिन्छ ।

आफ्नो गाढा रंग तथा फाइबरको आकारका कारण यसलाई आम रुपमा कपालयुक्त तरकारी भनिन्छ । फा कैको वैज्ञानिक नाम नोस्टक फ्लेगेलिफर्म हो । यो प्रायः विभिन्न सुप तथा झोलमा कालो सेबइका रुपमा खाने गरिन्छ र नयाँ वर्षको पूर्वसन्ध्यामा यसलाई सौभाग्य भोजनको रुपमा लिइन्छ ।

फेट चोयलाई कपालवाला तरकारीको उपमा प्राप्त हुनुको कारण यो चिज सुकेपछि कालो कपालको एउटा गुजुुल्टोजस्तै देखिन्छ । तर यो जब सुपमा मिसाइन्छ तब यो नितान्त कालो सेबइजस्तै देखिन्छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब