के कपाल खाइरहेका छन् चिनियाँहरू ?

  • कार्तिक २७, २०८१ | ३१५ पटक पढिएको | सीमा संदेश
alt

चीनको छेंग्दुस्थित सडकमा हिंड्ने बटुवाहरूले खाइरहेको अनौठो खाना इन्टरनेटमा निकै भाइरल बनिरहेको छ । त्यहाँ सडकमा हिंड्ने मानिसहरुले कपालको गुच्छाजस्तो चिज खाइरहेका छन् । आखिर त्यो खानेकुरा के हो ?

मानिसको शिरको कपालको गुच्छाजस्तै देखिने त्यो भाइरल खानेकुरा चीनको नयाँ स्ट्रिट फूड हो । यसलाई देख्दा लाग्छ कि मानिसले कपाल खाइरहेका छन् ।

यो खानेकुराको नाम फा कै या फ्याट चोय हो । यो एक प्रकारको सुख्खा साइनोब्याक्टेरियम हो जो लामो समयदेखि चिनियाँ खानाको हिस्सा बन्दै आएको छ । यो अधिकांश त चीनको गांसू, शांग्सी, किंगहाई, झिजियांग र मंगोलिया जस्ता शुष्क तथा उराठ मरुभूमि इलाकाहरुमा उब्जिन्छ र काटेपछि तुरुन्तै हावामा सुकाएर यसलाई तयार पारिन्छ ।

आफ्नो गाढा रंग तथा फाइबरको आकारका कारण यसलाई आम रुपमा कपालयुक्त तरकारी भनिन्छ । फा कैको वैज्ञानिक नाम नोस्टक फ्लेगेलिफर्म हो । यो प्रायः विभिन्न सुप तथा झोलमा कालो सेबइका रुपमा खाने गरिन्छ र नयाँ वर्षको पूर्वसन्ध्यामा यसलाई सौभाग्य भोजनको रुपमा लिइन्छ ।

फेट चोयलाई कपालवाला तरकारीको उपमा प्राप्त हुनुको कारण यो चिज सुकेपछि कालो कपालको एउटा गुजुुल्टोजस्तै देखिन्छ । तर यो जब सुपमा मिसाइन्छ तब यो नितान्त कालो सेबइजस्तै देखिन्छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब