यस्तो होटल, जहाँ शुक्रबार छिरेका दम्पती आइतबार डिभोर्स गरेर निस्किन्छन्

  • मंसिर ६, २०८१ | ५४४ पटक पढिएको | सीमा संदेश
alt

वैवाहिक सम्बन्ध विच्छेद बढिरहेको पछिल्लो समयमा डिभोर्सको एउटा नयाँ तथा अचम्म लाग्ने खालको ट्रेण्ड चर्चित बनिरहेको छ । अहिले सम्बन्ध विच्छेद गर्नका लागि महिनौंसम्म अदालतको चक्कर लगाउनु आवश्यक छैन, केवल एउटा सप्ताहन्त मात्रै पर्याप्त हुनेछ ।

नेदरल्याण्डका एक ३३ वर्षीय व्यवसायी जिम हाफेन्सले उक्त नयाँ बिजनेस मोडेल पेश गरेका छन् । जस अनुसार त्यहाँ शुक्रबार छिरेका विवाहित दम्पती आइतबारसम्ममा डिभोर्स गरेर निस्किन्छन् ।

डिभोर्स होटलमा के हुन्छ ?

उक्त अनौठो होटलमा तपाईंलाई डिभोर्सको सम्पूर्ण प्याकेज उपलब्ध छ । वकिल तथा मध्यस्थकर्ताको टिमले तपाईंलाई पर्खिरहेको हुन्छ । शुक्रबार होटलमा चेकइन गर्नुहोस्, आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम लगाउनुहोस् र आइतबार डिभोर्सका कागजात लिएर बाहिर निस्किनुहोस् । यसका लागि निश्चित शुल्क तिर्नुपर्छ र उक्त प्रक्रियालाई रियालिटी टिभी शोमा पनि परिणत गर्न सकिन्छ ।

यो होटलमा यस्तो माहोल दिइन्छ ताकि दम्पतीको डिभोर्स सहज बनोस् । त्यहाँ सम्बन्ध विच्छेदको लामो तथा कठिन कानूनी बाटोबाट गुज्रिनुको साटो एउटा सजिलो बाटो प्रदान हुन्छ । होटलमा एउटा यस्तो वातावरण तथा व्यवस्था बनाइएको हुन्छ जसले एकै पटकमा एकसाथ कानुनी सल्लाह, मनोवैज्ञानिक साथ तथा मध्यस्थता प्रदान गर्दछ । यसबाट डिभोर्सको प्रक्रियालाई कुनै तनावबिना तथा शान्तिपूर्वक अन्त्य गरिन्छ ।

यो होटल नेदरल्याण्डको हार्लेम सहरमा रहेको छ । यसको नाम The Separation Inn हो । अहिलेसम्म १७ दम्पतीले यो होटलबाट सेवा प्राप्त गरिसकेका छन् र त्यसमध्ये १६ जोडीले सफलतापूर्वक डिभोर्स गरे । यो होटलको शाखा अब अमेरिकामा पनि खोल्ने योजना बनाइएको छ । न्युयोर्कदेखि लस एन्जल्स लगायतका ठूला सहरमा उक्त होटल स्थापना गरिनेछ ।

अमेरिकामा सम्बन्ध विच्छेदसम्बन्धी चर्चित वकील रोबर्ट एस कोहेन चाहिं यस्तो होटलको अवधारणाका विरोधी हुन् । उनी भन्छन्- यो आइडिया सुन्नमा जति आकर्षक छ, उत्ति नै अव्यवहारिक पनि छ । डिभोर्सको समय निकै भावनात्मक हुन्छ र दुई दिनमा सबै कुरा सुल्झाउनु जोकोहीका लागि सम्भव हुँदैन । यसलार्य एउटा बिजनेस तथा प्याकेजका रुपमा पेश गर्नु कुनैपनि अर्थमा सही होइन ।

एक रिपोर्ट अनुसार अमेरिकामा डिभोर्स उद्योग १ खर्ब ७५ अर्ब डलरसम्म पुगेको छ । त्यहाँ हरेक वर्ष १२ लाख जोडीले डिभोर्सका लागि आवेदन गर्छन् । यस्तोमा डिभोर्स होटलले उक्त विशाल बजारमा हलचल मच्चाउने पक्का छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब