यस्तो होटल, जहाँ शुक्रबार छिरेका दम्पती आइतबार डिभोर्स गरेर निस्किन्छन्

  • मंसिर ६, २०८१ | ५१८ पटक पढिएको | सीमा संदेश
alt

वैवाहिक सम्बन्ध विच्छेद बढिरहेको पछिल्लो समयमा डिभोर्सको एउटा नयाँ तथा अचम्म लाग्ने खालको ट्रेण्ड चर्चित बनिरहेको छ । अहिले सम्बन्ध विच्छेद गर्नका लागि महिनौंसम्म अदालतको चक्कर लगाउनु आवश्यक छैन, केवल एउटा सप्ताहन्त मात्रै पर्याप्त हुनेछ ।

नेदरल्याण्डका एक ३३ वर्षीय व्यवसायी जिम हाफेन्सले उक्त नयाँ बिजनेस मोडेल पेश गरेका छन् । जस अनुसार त्यहाँ शुक्रबार छिरेका विवाहित दम्पती आइतबारसम्ममा डिभोर्स गरेर निस्किन्छन् ।

डिभोर्स होटलमा के हुन्छ ?

उक्त अनौठो होटलमा तपाईंलाई डिभोर्सको सम्पूर्ण प्याकेज उपलब्ध छ । वकिल तथा मध्यस्थकर्ताको टिमले तपाईंलाई पर्खिरहेको हुन्छ । शुक्रबार होटलमा चेकइन गर्नुहोस्, आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम लगाउनुहोस् र आइतबार डिभोर्सका कागजात लिएर बाहिर निस्किनुहोस् । यसका लागि निश्चित शुल्क तिर्नुपर्छ र उक्त प्रक्रियालाई रियालिटी टिभी शोमा पनि परिणत गर्न सकिन्छ ।

यो होटलमा यस्तो माहोल दिइन्छ ताकि दम्पतीको डिभोर्स सहज बनोस् । त्यहाँ सम्बन्ध विच्छेदको लामो तथा कठिन कानूनी बाटोबाट गुज्रिनुको साटो एउटा सजिलो बाटो प्रदान हुन्छ । होटलमा एउटा यस्तो वातावरण तथा व्यवस्था बनाइएको हुन्छ जसले एकै पटकमा एकसाथ कानुनी सल्लाह, मनोवैज्ञानिक साथ तथा मध्यस्थता प्रदान गर्दछ । यसबाट डिभोर्सको प्रक्रियालाई कुनै तनावबिना तथा शान्तिपूर्वक अन्त्य गरिन्छ ।

यो होटल नेदरल्याण्डको हार्लेम सहरमा रहेको छ । यसको नाम The Separation Inn हो । अहिलेसम्म १७ दम्पतीले यो होटलबाट सेवा प्राप्त गरिसकेका छन् र त्यसमध्ये १६ जोडीले सफलतापूर्वक डिभोर्स गरे । यो होटलको शाखा अब अमेरिकामा पनि खोल्ने योजना बनाइएको छ । न्युयोर्कदेखि लस एन्जल्स लगायतका ठूला सहरमा उक्त होटल स्थापना गरिनेछ ।

अमेरिकामा सम्बन्ध विच्छेदसम्बन्धी चर्चित वकील रोबर्ट एस कोहेन चाहिं यस्तो होटलको अवधारणाका विरोधी हुन् । उनी भन्छन्- यो आइडिया सुन्नमा जति आकर्षक छ, उत्ति नै अव्यवहारिक पनि छ । डिभोर्सको समय निकै भावनात्मक हुन्छ र दुई दिनमा सबै कुरा सुल्झाउनु जोकोहीका लागि सम्भव हुँदैन । यसलार्य एउटा बिजनेस तथा प्याकेजका रुपमा पेश गर्नु कुनैपनि अर्थमा सही होइन ।

एक रिपोर्ट अनुसार अमेरिकामा डिभोर्स उद्योग १ खर्ब ७५ अर्ब डलरसम्म पुगेको छ । त्यहाँ हरेक वर्ष १२ लाख जोडीले डिभोर्सका लागि आवेदन गर्छन् । यस्तोमा डिभोर्स होटलले उक्त विशाल बजारमा हलचल मच्चाउने पक्का छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब