प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्ट्रमन्त्री राणा चीनको छेन्दुमा

  • मंसिर १४, २०८१ | ७०८ पटक पढिएको | सीमा संदेश
alt

 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ८७ जनाको टोली सहभागी हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जना हुने र धेरै निजी क्षेत्रबाट उपस्थिति रहनेछ ।

प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मङ्सिर १८ गते भेटवार्ता गर्नुहुनेछ । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।

यसैबीच प्रधानमन्त्रीको भ्रमण तयारीको लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको छेन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उहाँ हिजो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएको हो ।

मन्त्री डा.राणालाई छेन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री डा.राणाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उहाँ चीन जानुभएको हो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब