भारतमा बन्यो विश्वकै ठूलो कार्यालय भवन, पेन्टागनलाई पार्‍यो पछि

  • मंसिर १९, २०८१ | ३७० पटक पढिएको | सीमा संदेश
alt

अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय भवन पछिल्लो ८० वर्षदेखि निरन्तर रुपमा विश्वको सबैभन्दा ठूलो कार्यालय भवनको रुपमा रह्यो । तर, भारतको गुजरातमा बनेको एउटा हिरा व्यापार केन्द्रको कार्यालयले पेन्टागनको किर्तिमान तोड्दै विश्वकै विशाल कार्यालय भवनको उपाधि छिनेको छ ।

गुजरातस्थित सुरत डायमण्ड बोर्सको अफिस कम्प्लेक्स ३५ एक्कड भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । पेन्टागनको ६६ लाख ७३ हजार ६२४ वर्गफिट भन्दा यो करिब ५५ हजार वर्गफिटले धेरै हो ।

हिरा कटिङ तथा व्यापारको केन्द्रको रुपमा रहेको यो १५ तले अफिस कम्प्लेक्समा ४ हजार ७ सयवटा कार्यालय तथा कार्यशाला कक्ष छन् । त्यसमा १३१ वटा ठूला एलिभेटर छन् जसबाट एउटै लामो करिडोरमा जोडिएका ९ वटा भवनमा आवतजावत गर्न सकिन्छ ।

भारतीय आर्किटेक्चर कम्पनी मोर्फोजेनेसिसले कार्यालय परिसरका लागि माग भएको बढीभन्दा बढी क्षेत्रको पूर्ति गर्ने क्रममा यो विशाल कम्प्लेक्सको निर्माण भएको थियो ।

मोर्फोजेनेसिस कम्पनीकी सहसस्थापक सोनाली रस्तोगीका अनुसार उनीहरु केही आइकनिक डिजाइन बनाउन चाहन्थे जुन कुनै खास आर्किटेक्टर भाषा भन्दा फरक वातावरणीय तथा दीगो डिजाइनमा आधारित होस् ।

सुरत डायमण्ड बोर्स अन्तर्राष्ट्रिय स्तरमा हिरा तथा गहनाको व्यापारका लागि विश्वको सबैभन्दा तथा अत्याधुनिक हब बन्दैछ । विश्वका ९० प्रतिशत हिरा सुतमै कटान हुन्छन् । त्यसैले ती सबैलाई एउटै छातामुनि ल्याउनु नै सो भवन निर्माणको प्रमुख लक्ष्य थियो ।

यो कीर्तिमानी कार्यालय भवन बनाउन ३२ अर्ब भारु खर्च भएको थियो । यति भव्य तथा विशाल भवन भएता पनि त्यहाँका स्मार्ट प्रविधियुक्त एलिभेटरबाट मात्र ६ मिनेटमा जुनसुकै भवनको टुप्पोमा पुग्न सकिन्छ ।

यो कार्यालय परिसरमा ६५ हजार मानिस, ४ हजार ५ सय कार तथा १० हजार मोटरसाइकल अट्दछन् । जुन स साना आधुनिक सहरको जत्तिकै क्षमता हो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब