भारतमा बन्यो विश्वकै ठूलो कार्यालय भवन, पेन्टागनलाई पार्‍यो पछि

  • मंसिर १९, २०८१ | ३५२ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय भवन पछिल्लो ८० वर्षदेखि निरन्तर रुपमा विश्वको सबैभन्दा ठूलो कार्यालय भवनको रुपमा रह्यो । तर, भारतको गुजरातमा बनेको एउटा हिरा व्यापार केन्द्रको कार्यालयले पेन्टागनको किर्तिमान तोड्दै विश्वकै विशाल कार्यालय भवनको उपाधि छिनेको छ ।

गुजरातस्थित सुरत डायमण्ड बोर्सको अफिस कम्प्लेक्स ३५ एक्कड भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । पेन्टागनको ६६ लाख ७३ हजार ६२४ वर्गफिट भन्दा यो करिब ५५ हजार वर्गफिटले धेरै हो ।

हिरा कटिङ तथा व्यापारको केन्द्रको रुपमा रहेको यो १५ तले अफिस कम्प्लेक्समा ४ हजार ७ सयवटा कार्यालय तथा कार्यशाला कक्ष छन् । त्यसमा १३१ वटा ठूला एलिभेटर छन् जसबाट एउटै लामो करिडोरमा जोडिएका ९ वटा भवनमा आवतजावत गर्न सकिन्छ ।

भारतीय आर्किटेक्चर कम्पनी मोर्फोजेनेसिसले कार्यालय परिसरका लागि माग भएको बढीभन्दा बढी क्षेत्रको पूर्ति गर्ने क्रममा यो विशाल कम्प्लेक्सको निर्माण भएको थियो ।

मोर्फोजेनेसिस कम्पनीकी सहसस्थापक सोनाली रस्तोगीका अनुसार उनीहरु केही आइकनिक डिजाइन बनाउन चाहन्थे जुन कुनै खास आर्किटेक्टर भाषा भन्दा फरक वातावरणीय तथा दीगो डिजाइनमा आधारित होस् ।

सुरत डायमण्ड बोर्स अन्तर्राष्ट्रिय स्तरमा हिरा तथा गहनाको व्यापारका लागि विश्वको सबैभन्दा तथा अत्याधुनिक हब बन्दैछ । विश्वका ९० प्रतिशत हिरा सुतमै कटान हुन्छन् । त्यसैले ती सबैलाई एउटै छातामुनि ल्याउनु नै सो भवन निर्माणको प्रमुख लक्ष्य थियो ।

यो कीर्तिमानी कार्यालय भवन बनाउन ३२ अर्ब भारु खर्च भएको थियो । यति भव्य तथा विशाल भवन भएता पनि त्यहाँका स्मार्ट प्रविधियुक्त एलिभेटरबाट मात्र ६ मिनेटमा जुनसुकै भवनको टुप्पोमा पुग्न सकिन्छ ।

यो कार्यालय परिसरमा ६५ हजार मानिस, ४ हजार ५ सय कार तथा १० हजार मोटरसाइकल अट्दछन् । जुन स साना आधुनिक सहरको जत्तिकै क्षमता हो ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब