डिभोर्स चर्चाबीच हाइप्रोफाइल पार्टीमा सँगै देखिए ऐश्वर्या र अभिषेक

  • मंसिर २१, २०८१ | ३३९ पटक पढिएको | सीमा संदेश
alt

ऐश्वर्या राय र अभिषेक बच्चन लामो समयदेखि डिभोर्सको हल्लाले चर्चामा छन् । चर्चाबीच उनीहरु एक हाइप्रोफाइल पार्टीमा एकसाथ देखिएका छन् । पार्टीका तस्वीर फिल्म निर्माता अनु रञ्जनले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

उक्त पार्टीमा ऐश्वर्याकी आमा वृन्दा राय पनि थिइन् । ऐश्वर्या र अभिषेक लामो समयदेखि कार्यक्रम, पार्टी र सामाजिक जमघटमा सँगै देखिएका थिएनन् । रञ्जनले पार्टीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘धेरै माया ।’ तस्वीरमा ऐश्वर्याले सेल्फी खिचिरहेको देखिन्छ । अभिषेक र उनकी आमा वृन्दा पोज दिइरहेका छन् ।

पार्टीमा सचिन तेन्दुलकर, तुषार कपुर लगायत धेरै सेलिब्रेटी पनि थिए । ऐश्वर्या र अभिषेकले केही साताअघि आफ्नी छोरी आराध्याको १३ औं जन्मदिन सँगै मनाएका थिए । यसअघि फ्यानले अभिषेक छोरीको जन्मदिनको पार्टीमा नआएको अनुमान गरे पनि पछि पार्टी आयोजकले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका थिए ।

ऐश्वर्याले २० नोभेम्बरमा छोरी आराध्याको १३ औं जन्मदिन सेलिब्रेसनका केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । त्यसको एक दिनपछि अमिताभ बच्चनले आफ्नो ब्लगमा आफ्नो परिवार र व्यक्तिगत समस्या सेयर गरे । उनले लेखेका थिए, ‘परिवारको बारेमा बोल्नबाट जोगिन्छु तर कतिपयले आफ्नो फाइदाका लागि यस्ता विषयलाई दुरुपयोग गर्छन् ।’

अमिताभले पोस्टमा छोरा र बुहारीको नाम भने उल्लेख गरेनन् तर उनको पोस्टलाई सम्बन्धविच्छेदको मुद्दासँग जोडेर हेरिएको थियो । केही दिनअघि डिभोर्सको खबरका बीच अभिषेकले पनि ऐश्वर्याको प्रशंसा गरेका थिए । द हिन्दुसँगको कुराकानीमा छोरी आराध्यालाई हुर्काएकोमा धन्यवाद दिएका छन् ।

जुलाईमा अभिषेक परिवारसँग अनन्त–राधिकाको विवाहमा उपस्थित थिए । रेड कार्पेटमा परिवारका अन्य सदस्य उपस्थित भए पनि ऐश्वर्या र छोरी आराध्या त्यतिबेला उनीसँग थिएनन् । अभिषेक आएको केही समयपछि ऐश्वर्या छोरीसँग रेड कार्पेटमा पुगिन् र पापाराजीका लागि पोज दिइन् ।

दुवै जना बिहेमा अलग-अलग प्रवेश गरे । बिहेभर एकसाथ देखिएनन् । त्यसपछि ऐश्वर्या राय पनि छोरीसँग छुट्टी मनाउन गइन्, त्यतिबेला पनि अभिषेक उनीसँगै थिएनन् । त्यसयता उनीहरुको सम्बन्धविच्छेदको हल्ला चलिरहेको छ । गत साता दुबईमा आयोजित एक कार्यक्रममा ऐश्वर्याले आफ्नो थरबाट बच्चनलाई हटाएर राय मात्र राखिएको देखिएको थियो ।

अभिषेक र ऐश्वर्याको विवाह सन् २००७ मा भएको थियो । सन् २०११ मा छोरी आराध्याको जन्म भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब