नामुद भारतीय लुटेरा घाइते अवस्थामा सिरहाबाट पक्राउ

  • पुस २, २०८१ | ३७९ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनी घाइते अवस्थामा भारतबाट नेपालतर्फ भागेर आइरहेको अवस्थामा सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत दसगजा क्षेत्र नजिकबाट पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा डिएसपी पासवानको कमाण्डमा खटेको प्रहरी टोलीले आरिफलाई हात, खुट्टा लगायत शरीरका बिभिन्न भागमा चोट लागेर घाइते भएको अवस्थामा मंसिर २९ गते बिहान नै नियन्त्रणमा लिएको थियो । उनको सिरहा प्रादेशिक अस्पतालमा उपचार पश्चात सोमबार थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको डिएसपी पासवानले बताए । त्यसपछि मात्रै प्रहरीले यो सूचना सार्वजनिक गरेको हो ।

डिएसपी पासवानका अनुसार आरिफ १६ जेठ २०८० मा दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित एनएमबि बैंकमा ४/५ जनाको हतियारधारी समूहले ३८ लाख रुपैयाँ लुटपाट गरेको घटनामा संलग्न भएको फरारी अभियुक्त रहेका छन् ।

यस्तै १० फागुन २०७९ मा सिरहाको कल्याणपुरस्थित ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल बर्ष ४३ का उपेन्द्र साहले मिर्चैया नगरपालिका ६ स्थित रहेको ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिएर ज.६.प.८१८५ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा मिर्चैया नगरपालिका .३ बताहा पुल नजिक ४ जनाको हतियारधारी समूहले लुटपाट गरेर भागेका थिए । सो घटनामा पनि आरिफको संलग्नता रहेको डिएसपी पासवानले बताए ।

उनीमाथि भारत विहारको मधुवनी जिल्लामा हातहतियार, लुटपाट लगायत मुद्दा दर्ता रहेको र उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब