क्रिकेटर दाजुभाइले एकैदिन विवाह गर्ने

  • पुस १२, २०८१ | ५६२ पटक पढिएको | सीमा संदेश
alt

नेपाल प्रिमियर लिग सम्पन्न भएपछि नेपाली राष्ट्रिय टोलीका खेलाडी दाजु भाइ आरिफ शेख र आसिफ शेखले एकैदिन विवाह गर्ने भएका छन् ।

अलराउण्डर आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार एकैदिन विवाह गर्ने भएका छन् । यतिखेर होम टाउन वीरगञ्जमा रहेका आरिफ– आशिफ विवाहको निमन्त्रणा कार्ड धमाधम बाँडिरहेका छन् । कार्डमा उनीहरूको विवाहको रिसेप्सन पुस २० गते वीरगञ्जमा हुने भएको छ ।

भर्खरै सम्पन्न एनपीएलमा आसिफ जनकपुर बोल्ट्स र आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । फाइनलमा दुइ दाजुभाइकै टिमको भिडन्त भएको थियो । तर आसिफको जनकपुरले उपाधि जित्दा आरिफको सुदूरपश्चिम उप–विजेता बनेको थियो । यता जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरूको गृह जिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।

हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ स्थित मुर्ली नयाँटोलका शेख दाजुभाइ फरक–फरक टिमबाट सहभागी हुनु भएका थिए । वीरगञ्ज– १० कार्यालयद्वारा आयोजित कार्यक्रममा दुवै खेलाडीलाई जनही ५१ हजार रुपैयाँ नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ । वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताए ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब