सिरहा, ०९ माघ । 'युवाको सम्मान, नगरको पहिचान, फूटबल खेल हाम्रो अभियान' नाराका साथ सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता-२०८१ को सूर्य नारायण सत्य नारायण यादब मोरवैता बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा उद्घाटन गरिएको छ ।
व्यवसयिक रुपमा खेलाडि उत्पादन तथा लागू पदार्थ दुरव्र्यशनबाट युवालाई बचाउने उदेश्यले नगर स्तरी खेल आयोजना गरिएको भन्दै सिरहा नगरपालिकाको मेयर डा. नवीन कुमार यादबले प्रतियोगिता उद्घाटन गरको बताएका छन् ।
उद्घाटन खेल वडा नं. ७ सलहेश स्थान र वडा नं. १४ खिरौनाका खेलाडिहरुलाई मेयर, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब लगायतका अथितियहरुले व्यलुन उडाई खेल आरम्भ गर्न घोषण गरका थिए ।
प्रतियोगिताको पहिलो खेलमा वडा नं. १४ खिरौनालाई ० का विरुद्ध २ गोलले पराजित गर्दै वडा नं.७ सलहेश स्थान विजयी भई क्वटरफाइनलमा प्रवेश पाएका छन् ।
खेलमा ३३ औँ र ४८ औँ मिनेटमा २ गोल गर्न सफल सलहेश स्थानका जर्सि नं. १० का खेलाडि राजा बाबु मेस्तर म्यान अफ द म्याच भएका छन् ।
आज हुने खेल पहिलो चरणमा वडा नं. २० र वडा नं. १३ बिच हुनेछ र दोस्रो चरणको खेल वडा नं. ८ र वडा नं. १५ बिच हुने अयोजक संस्था सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved