सिरहा, ११ माघ । सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको तेस्रो दिन बिहीवारको पहिलो चरणको खेलमा लक्ष्मिनियाँ र भलुवाहीलाई पराजित गर्दै सन्हैठ र ठेङगही विजयी भएका छन् ।
पहिलो चरणका खेलमा वडा नं. १८ लक्ष्मिनियाँका खेलाडी श्रावण मण्डलको १ गोल र विवेक पासमान १ गोल गरी २ गोलका विरुद्ध इन्द्रजित यादबका ३ गोलका मदतले पराजित गर्दै वडा नं. १९ सन्हैठा विजयी भई क्वटर फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
त्यसैगरी दोस्रो चरणका खेलमा वडा नं. ११ भलुवाहिलाई ० का विरुद्ध ५ गोलले पराजित गर्दै वडा नंं. ९ ठेङगही क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ । वडा नं. ९ बाट सूर्य नारायण यादब , उमेश कामती, सुशान्त यादबले १।१ गोल र संजय साहले २ गोल गरी कुल ५ गोल गर्न सफल भएका थिए ।
पहिलो चरणको खेलको म्यान अफ द म्याच वडा नं. १९ का इन्द्रजित यादब भएको छ । दोस्रो चरण खेलको म्यान अफ द म्याच वडा नं. ९ का संजय साह भएको छ ।
बुधवार बरावरी खेलको पेनाल्टी सुट आउटमा वडा नं. ८ का १ विरुद्ध २ गोलले वडा नं. १५ सुक्चौना बुधौरा विजयी भई क्वटर फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान अफ द म्याच वडा नं. १५का गोल किपर भएको छ ।
आजको पहिलो खेल वडा नं. ४ र वडा नं.१२ र दोस्रो चरणको खेल वडा नं. १ र वडा नं.१० बिच हुनेछ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved