सिरहा, ११ माघ । सिरहामा जारी सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको दुई चरणको खेलमा सारस्वर र नहिया विजयी भएका छन् ।
पहिलो चरणको खेलमा वडा नं. ४ रमौललाई १ गोल विरुद्ध ३ गोलले पराजित गर्दै वडा नं. १२ सारस्वर क्वाटर फाइनमा प्रवेश गरको छ । वडा नं. १२ सारस्वारका आदर्श मण्डल, सुमित मण्डल र नौसाद शेखले १।१ गोल गरेका थिए । वडा नं. ४ रमोलका अब्बुबाकरले १ गोल मात्र फर्काउने सेको थियो ।
खेलको म्यान अफ द म्याच वडा नं. १२ का खेलाडि सुमित मण्डल भएको छ ।
दोस्रो चरणको खेलमा वडा नं. १ सिरहालाई ० का विरुद्ध १ गोलले पराजित गर्दै वडा नं. १० नरहिया क्वाटर फाइनलको यात्रा सुनिश्चित गरका छन् । वडा नं. १० का खेलाडी आशा रायले १ गोल गरको थियो भने वडा नं. १ सिरहाले कुनै गोल गर्न सकेपछि पराजित भएको थियो ।
खेलको म्यान अफ द म्याच वडा नं. १० का खेलाडि अर्जुन मुखिया भएको छ ।
आज (शनिवार) पहिलो चरणको खेल वडा नं. १७ र वडा नं.२२ बिच हुनेछ । दोस्रो चरणको खेल वडा नंं ९ र वडा नं. ३ बिच हुनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved