सिरहा, १३ माघ । सिरहा क्याम्पस मैदानमा जारी सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको पाँचै दिन शनिवारको दुई चरणका खेलमा हकपारा र ठेङ्गही विजयी भएका छन् ।
पहिलो चरणका खेलमा वडा नं. १७ पटेर्वालाई ० का विरुद्ध २ गोलले पराजित गर्दै वडा नं. २२ हकपारा विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेको छ । हकपारका सरोज दास र सन्तोष दासले १/१ गोल गरका थिए । खेलको म्यान अफ द म्याच हकपाराका सरोज दास भएको छ ।
दोस्रो चरणका खेलमा वडा नं. ३ मखनाहालाई ० गोल का विरुद्ध ४ गोलले पराजित गर्दै वडा नं. ९ ठेङ्गही क्वाटर फाइनलमा प्रवेश गरेको छ । ठेङ्गहीका खेलाडि पारस रजक, संजय साह १/१ गोल र सुशान्त यादबले २ गोल गरेका थिए । खेलका म्यान अफ द म्याच सुशानत यादब भएको छ ।
आज हुने क्वाटर फाइनल खेलको पहिलो चरण वडा नं. ७ र वडा नं. १५ बिच हुनेछ र दोस्रो खेल वडा नं. १२ र वडा नं. १३ बिच हुनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved