सन् २०१५ मा कपिल शर्माले फिल्म 'किस किसको प्यार करूं' बाट डेब्यू गरेका थिए।
अब्बास-मस्तानले निर्देशन गरेको फिल्मलाई दर्शकले रूचाएका थिए। फिल्मले बक्स अफिसमा ४३ करोड भारू कमाएको थियो।
९ वर्षपछि कपिल शर्माको सिक्वेल 'किस किसको प्यार करूं २' बन्ने भएको छ। फिल्मको छायांकन मुम्बईबाट सुरू भएको छ। यस पटक कपिलले आफ्नो भूमिका निकै ध्यान दिएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यस फिल्ममा कपिलसँग नयाँ अभिनेत्रीहरू देखिनेछन्। फिल्ममा रोमान्स, ड्रामा र कमेडी देख्न सकिनेछ।
यस पटक फिल्ममा अभिनेता मनजोत सिंह पनि देखिनेछन्। जसले 'फुकरे' र 'ड्रिम गर्ल' जस्तो फिल्ममा अभिनय गरेका थिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved