सलहेश स्थान र सारस्वर सेमी फाइनलमा

  • माघ १४, २०८१ | ५१३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १४ माघ । सूर्य नारायण सत्य नारायण मोरवैता यादब बहुमुखि क्याम्पास सिरहाको खेल मैदानमा जारी सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको आइतवार भएको दुई चरणका क्वाटर फाइनल खेलमा सलहेश स्थान र सारस्वर विजयी भएका छन् ।

 पहिलो चरणको खेलमा वडा नं. १५ सुकचौनालाई १ गोलका विरुद्ध ८ गोलले पराजित गर्दै वडा नं. ७ सलहेश स्थान विजयी भई सेमी फाइनलमा प्रवेश गरको छ । सलहेश स्थानको तर्फबाट खेलाडि  दिपेश पासमान ४ गोल, राज मेस्तर २ गोल, बिके महरा १ गोल र सुमित मेस्तर १ गोल गरेका थिए ।

सुकचौनाको तर्फबाट धर्मेश महरा १ गोल गरेको थियो । खेलको म्यान अफ द म्याच सलहेश स्थानका खेलाडि दिपेश पासवान भएको छ ।

दोस्रो चरणको खेलमा वडा नं. १३ फुलवरीयालाई ० गोलको विरुद्ध ३ गोलले पराजिति गर्दै वडा नं. १२ सारस्वर विजयी भई सेमी फाइनलमा प्रवेश गरको छ । सारस्वरको तर्फबाट आदर्श मण्डल, सुमित मण्डल र रितेश मण्डलले १।१ गोल गरका थिए ।

फुलवारीयका खेलाडिहरुले समय अवधिमा कुनै गोल फर्काउन सकेन् । खेलको म्यान अफ द म्याच सुमित मण्डल भएको छ ।

अजा हुने पहिलो चरणको क्वाटर फाइनल खेल वडा नं. ९ र वडा नं.१० बिच हुनेछ । दोस्रो चरणको खेल वडा नं. १९ वडा नं. २२ बिच हुने अयोजक संस्थाका अधयक्ष राजिप यादबले जानकारी दिइएका छन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब