सिरहा, १५ माघ । सूर्य नारायण सत्य नारायण मोरवैता यादब बहुमुखि क्याम्पास सिरहाको खेल मैदानमा जारी सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको सोमवार भएको दुई चरणका क्वाटर फाइनल खेलमा ठेङ्गही र सन्हैठा विजयी भएका छन्।
पहिलो चरणको खेलमा वडा नं. १० नरहियालाई ० गोलका विरुद्ध ३ गोलले पराजित गर्दै वडा नं. ९ ठेङ्गही विजयी भई सेमी फाइनलमा प्रवेश गरको छ । ठेङ्गहीको तर्फबाट खेलाडि रमेश यादब, संजय साह, पारस रजक १।१ गोल गरेका थिए । नरहियाको तर्फबाट खेल अवधि सम्म कुनै गोल फर्काउने सकेन्न । खेलको म्यान अफ द म्याच ठेङ्गहीका खेलाडि सूर्य नारायण यादब भएको छ।
दोस्रो चरणको खेलमा वडा नं. २२ हकपारालाई ० गोलको विरुद्ध १ गोलले पराजिति गर्दै वडा नं. १९ सन्हैठा विजयी भई सेमी फाइनलमा प्रवेश गरको छ । सन्हैठाको तर्फबाट कौशलेन्द्र पासवानले १ गोल गरेको थियो । हकपाराका खेलाडिहरुले समय अवधिमा कुनै गोल फर्काउन सकेन् । खेलको म्यान अफ द म्याच जर्सि नं. ७ का खेलाडि भएको छ ।
अजा हुने पहिलो चरणको सेमी फाइनल खेल वडा नं. १२ र वडा नं.१९ बिच हुनेछ । दोस्रो चरणको खेल वडा नं. ७ वडा नं. ९ बिच हुने अयोजक संस्थाका अधयक्ष राजिप यादबले जानकारी दिइएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved