सिरहा, १६ माघ । सूर्य नारायण सत्य नारायण मोरवैता यादब बहुमुखि क्याम्पास सिरहाको खेल मैदानमा जारी सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको मंगलवार भएको दुई चरणका सेमी फाइनल खेलमा ठेङ्गही र सारस्वर विजयी भएका छन्।
पहिलो चरणको खेलमा वडा नं. १९ सन्हैठालाई ० गोलका विरुद्ध ४ गोलले पराजित गर्दै वडा नं. १२ सारस्वर विजयी भई फाइनलमा प्रवेश गरको छ । सारस्वरको तर्फबाट खेलाडि नौसादले ४ गोल गरेका थिए । सन्हैठको तर्फबाट खेल अवधि सम्म कुनै गोल फर्काउने सकेन्न । खेलको म्यान अफ द म्याच सारस्वरका खेलाडि नौसाद भएको छ।
दोस्रो चरणको खेलमा वडा नं. ७ सलहेश स्थानलाई पेनाल्टी सुट आउटको मदतले ३ गोलको विरुद्ध ४ गोलले पराजिति गर्दै वडा नं. ९ ठेङ्गही विजयी भई फाइनलमा प्रवेश गरको छ । ठेङ्गहीको तर्फबाट कौशलेन्द्र पासवानले १ गोल गरेको थियो । खेलको म्यान अफ द म्याच ठेङ्गहीका खेलाडि पारस रजक भएको छ ।
अजा हुने फाइनल भिडन्त वडा नं. १२ सारस्वर र वडा नं. ९ ठेङ्गही बिच हुनेछ । फाइनल खेल विजयीताले रु.५० हजार नगद, ट्फी र उपविजयीता टिमले रु.२५ हजार नगद, ट्फी जित्ने छ । खेल दिनको १ बजे हुनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved