‘पैसा र पदका लागि विपक्षीसँग मिल्ने नेतालाई मधेशी समाजले बहिष्कार गर्नुपर्छ’

  • माघ १७, २०८१ | ५३५ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा र पदका लागि विपक्षीसँग मिल्ने नेतालाई मधेशी समाजले बहिष्कार गर्नुपर्ने बताएका छन् ।

राजविराजमा बुधबार भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले मधेशीसँग गद्दारी गर्ने धोका दिने र पद पैसाका लागि चाकरी गर्नेलाई मधेशी समाजले बहिष्कार गर्नुपर्ने बताए । उनले मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्ने बिपक्षिसँग मिल्ने व्यक्तिलाई मधेशी जनताले समयमै पहिचान गरि बहिष्कार गर्नुपर्नेमा जोड समेत दिए ।

पार्टीको सांगठनिक संरचनालाई अझ सुदृढ बनाउन जनतासँग जसपा नेपाल अभियान चलाइएको उनले बताए । जनतासँग जसपा नेपाल, अधारभूत संगठन निर्माण अभियान अन्तरगत बुधबार सो पार्टीको हनुमाननगर कंकालिनी नगर समितिद्वारा इनर्वामा आयोजित “बृहत् पार्टी प्रवेश” कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाए । “संगठन शक्ति हुन्छ, अध्यक्ष यादवले भने, ‘शक्ति निर्माणका लागि जनतालाई संगठित गर्न हामी अभियानमा निस्केका छौं ।’ उनले मधेशीसँग गद्दारी गर्ने, मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्ने बिपक्षिसँग मिल्ने व्यक्तिलाई मधेशी जनताले समयमै पहिचान गरि बहिष्कार गर्नुपर्नेमा जोड दिए । उनले जसपा नेपालको अभियानलाई बल पु¥याउन सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिँदै यसले मात्र मधेश मुक्तिको अभियान सफल हुने जिकिर गरे ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब