सिरहा नगर स्तरीय फुटवल प्रतियोगिताको फाइनल खेलमा ठेङ्गही विजयी नगर स्तरीय फाइनल खेल जित्ने खेलाडिलाई साईकल दिने मेयरको घोषण

  • माघ १७, २०८१ | ४०५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ माघ । ’युवाको सम्मान, नगरको पहिचान, फूटबल खेल हाम्रो अभियान’ नाराका साथ अयोजना गरिएको सिरहा नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१ को फाइनल खेल सारस्वरलाई पराजित गर्दै ठेङ्गहीले जितेको छ । सूर्य नारायण सत्य नारायण यादब मोरवैता बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा ठेङ्गहीले जित हासिल गरी दोस्रो रेर्कड बनाएको छ । ठेङ्गही गत वर्ष २०८० को खेल पनि जितेको थियो ।

खेलमा वडा नं. १२ सारस्वरलाई ० गोलका विरुद्ध ३ गोलले पराजित गर्दै वडा नं. ९ ठेङ्गही विजयी हासिल गरको छ । खेलको म्यान अफ द म्याच ठेङ्गहिको खेलाडि सुशान्त यादब भएको छ ।  नगर स्तरीय खेलको प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट वडा नं. १२ सारस्वरका खेलाडि नौसाद शेख भएको छ । खेलका गोल्डेन बल पनि नौसादले जितेको छ । गोल्डेन ग्लोब्स सारस्वरका रुपेश दासले जितेको छ । खेलको होनहार खेलाडि राईजिङ्ग प्लेयर पुरस्कार सारस्वरका सुजित कुमार मण्डालले जितेको छ। 

फाइनल खेल विजयीता ठेङ्गहिलाई रु.५० हजार नगद, ट्फी पुरस्कार प्रदान गरिएको छ । दोस्रो उपविजेता पुरस्कार सारस्वरलाई रु.२५ हजार नगद, ट्फी  प्रदान गरिएको छ ।

 खेल मर्यादित र रोमञ्चक भएकोले प्रतियोगिता उत्साहपूर्ण रहको भन्दै अयोजक सलहेश युवा क्लवका प्रसंशा सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले गरे । नगर स्तरीय खेलाडिहरुलाई थप बलियो बनाई विभिन्न खेलका अवसर दिई सिरहा नगरपालिकाले आयोजना गर्ने अन्तराष््िय खेलमा पनि सहभागी गराउने मेयर  यादबले बताए । 

अगामी अ.ब.मा हुने नगर स्तरीय खेलका फाइनल विजयता खेलाडिहरुलाई साईकल दिने मेयरले सम्पन् कार्यक्रममा घोषण गरे । 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब