‘जोय मोडल हन्ट नेपाल २०२५’का प्रतियोगी स्वीमसुटमा देखिएका छन् । अहिले सहबिधामा प्रतिस्पर्धा चलिरहेको छ । बुधबार द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्डमा ३३ जना महिला फाइनलिस्ट सुन्दरीले आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे ।
यो राउण्डमा सबिना श्रेष्ठ (अफिसियल फिटनेश कोच), सबिता कार्की (अफिसियल कोरियोग्राफर), मन्चिन शाक्य (अभिनेता), रजनी श्रेष्ठ (वल्र्ड बडी विल्डिङ कम्पोटिसन सिल्भर मेडल विजेता), योगेश श्रेष्ठ (मिस्टर ग्लोबल २०२४), आकाश श्रेष्ठ (फिटनेस कोच) जजमा रहेका थिए ।
प्रतियोगिताको ड्रेस चाहि विरागोले डिजाइन गरेका हुन् । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपाल सिजन ९ अर्थात ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ५० मोडल प्रतियोगी छन् । जसमा ३३ फिमेल रहेका छन् भने १७ मेल रहेका छन् । स्विमवेयर राउण्डमा फिमेल मात्र उत्रिएका हुन् ।
प्रतियोगिताको आगामी शनिबार टप मोडल राउण्ड आयोजना हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगिताको फाइनल फेब्रुअरी ८मा आयोजना हँुदैछ ।
_fuWFBUu1Gj.jpg)
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved