चाँदनी यादव हत्या प्रकरण: प्रेम सम्बन्ध नतोड्ने अड्डीपछि बुवाआमाकै मिलेमतोमा मावलीमा लिइयाे ज्यान

  • माघ २०, २०८१ | ४३८ पटक पढिएको | सीमा संदेश
alt

भारतको छप्राह घर भएकी एक किशोरीको प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बुवाआमासँगकै मिलेमतोमा विराटनगरस्थित मावलीमा हत्या भएको छ । विराटनगर महानगरपालिका- ५ विशाल चोकमा रहेको मावली घरको करेसाबारीबाट १४ वर्षिया चाँदनी यादवको शव हिजो प्रहरीले उत्खनन गरेको थियो ।

मावली घरमा ल्याएर बुवाआमाकै मिलेमतोमा यादवको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता देखिने मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

‘हत्यामा को को व्यक्ति संलग्न छन् भनेर यकिन गर्ने काम भइरहेको छ’, जोशीले भने ।

मृतक किशोरीको घर भारतको छप्राह हो । ‘छप्राहमा एक व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध भएको थाहा पाएपछि बुबा लालमोहन यादव र आमा राजकुमारी मण्डलले प्रेम सम्बन्ध छुटाउन मावली ल्याएको देखिएको छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘मावलीमा ल्याउँदा पनि प्रेम सम्बन्ध छुटाउन नसकेपछि रिसको झोंकमा हत्या भएको हुनसक्छ । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो ।’

प्रहरी स्रोतका अनुसार चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर बाबुआमा भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि बाबु लालमोहन र आमा राजकुमारी घर फर्किएछन्’, स्रोतले भन्यो, ‘घटनालाई स्थापित गर्न थप सबुत सङ्कलन गर्ने काम भइरहेको छ ।’

चाँदनीको हत्यापछि मामाघरबाट १२५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर कपडासहितको शव गाडिएको थियो ।
मृतक चाँदनी बाबुआमासँगै करिब १ महिनाअघि विराटनगर- ५ स्थित मामाघर आएकी थिइन् ।

प्रहरीका अनुसार निकै दिन विराटनगर नै बसेका लालमोहन र राजकुमारी भने चाँदनीलाई नलिइकन आफ्नो घर फर्किएका थिए । बाबुआमाले नलगेकी चाँदनी मामाघरमा पनि नदेखिएपछि स्थानीयले प्रहरीलाई सूचना दिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी जोशीले बताए ।

कुरा बाझिएपछि खोजतलास

किशोरी हराएको खबर पाएपछि सोधपुछमा पुगेको प्रहरीलाई हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए ।

आमा राजकुमारीले त मेरो छोरीका बारेमा तपाईंहरुलाई किन चासो पर्‍यो भनेर प्रहरीसँग झर्किँदै कुरा गरेको डीएसपी जोशीले बताए ।

‘बालिकाका बारेमा सोधीखोजी गर्दा वास्तै गरेनन् । बाबुआमा र मावली हजुरबुवाबीचको कुरा बाझियो’, उनी भन्छन्, ‘उनीहरूको भूमिका शङ्कास्पद देखियो । बारम्बार कुरा फेर्न थालेपछि शङ्का लागेर थप खोजतलास गर्दा शव फेला परेको हो ।’

घटनापछि चाँदनीका मावली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु, जेठी छोरी उर्मिला, नातिनी अञ्जली र नाति बबिदेवलललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेकाहरूले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको डीएसपी जोशी बताउँछन् । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनको भनाइ छ ।

मृतक चाँदनीकी आमा राजकुमारी सरजुगकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब