नारदमुनि थुलुङ स्मृति गोल्ड कपः फाइनलमा सलहेश युवा क्लव सिरहा विजयी

  • माघ २३, २०८१ | ३८९ पटक पढिएको | सीमा संदेश
alt

उदयपुरको चौदण्डीगढी नगरपालिका-४, बसाहामा सम्पन्न ‘१० औं नारद मुनि थुलुङ राई स्मृति गोल्डकप प्रतियोगिता ०८१’ को उपाधि सिराहाको सलहेश युवा क्लवले जितेको छ।

मङ्गलबार सम्पन्न फाइनल खेलमा सलहेशले झापा ११ लाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

खेलको पहिलो हाफमै दुई गोल गर्दै सलहेशले बलियो अग्रता लिएको थियो। टिमका १७ नम्बर जर्सीधारी मिलन राईले खेलको ३४ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसपछि ३६ औँ मिनेटमा पाएको पेनाल्टी सुटआउटको अवसरलाई उनले सदुपयोग गर्दै दोस्रो गोल गरे। लगातारको दबाबका बीच सलहेशले पहिलो हाफमा दुई गोल गर्दै आफ्नो पकड बलियो बनाएको थियो।

दोस्रो हाफमा झापा ११ आक्रामक खेल शैलीमा प्रस्तुत भयो। लगातार आक्रमण गर्दै उनीहरूले गोल फर्काउने प्रयास गरे। खेलको ३६ औँ मिनेटमा झापाका राजेश दाहालले एक गोल फर्काए, जसले खेललाई थप प्रतिस्पर्धात्मक बनायो। तर, बाँकी समयमा झापा ११ ले थप गोल गर्न सकेन, जसका कारण उनीहरू उपविजेतामै सीमित भए।

फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सङ्गीतकार बुलु मुकारुङ र चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले विजेता टिमलाई नगद ५ लाख रुपैयाँ, गोल्डकप र प्रमाणपत्र प्रदान गरे। उपविजेता झापा ११ ले नगद २ लाख ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगिताका व्यक्तिगत विधागत पुरस्कारहरू पनि घोषित गरिए। उत्कृष्ट गोलरक्षकको उपाधि सलहेशका विशाल सुनारले प्राप्त गरे भने उत्कृष्ट डिफेन्डर झापाका सुमन मगर बने।

झापाकै निकेश श्रेष्ठ उत्कृष्ट मिडफिल्डर घोषित भए भने आयोजक टोली बसाहाका दिपेश तामाङ उदीयमान खेलाडी बने। प्रतियोगिताको बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि सलहेशका अमन लामाले प्राप्त गरे।

खेल अवधिभर सबैभन्दा धेरै गोल गरेका सलेशका मिलन राई म्यान अफ द म्याच र हाई स्कोरर दुवै घोषित भए। विजेताहरूलाई नगद राशी, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब