अर्नमा गाउँपालिका प्रथम अध्यक्ष गोल्ड कप-२०८१ : फाइनल खेलमा लहान विजयी

  • फागुन २, २०८१ | ९४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०२ फागुन । सिरहाको अर्नमा गाउँपालिकामा  सम्पन्न  प्रथम अध्यक्ष  गोल्डकप प्रतियोगिता ०८१’ को उपाधि सिराहाको लहान युवा क्लवले जितेको छ।

शुक्रवार सम्पन्न फाइनल खेलमा लहानले बन्दिपुर युवा क्लवलाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

खेलको पहिलो हाफमै एक गोल गर्दै बन्दिपुरले बलियो अग्रता लिएको थियो। त्यसपछि खेलको दोस्रो हाफमा लहानले लगतार दुई गोल गर्न सफल भएका थिए। लगातारको दबाबका बीच लहानले दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो पकड बलियो बनाएको थियो।

दोस्रो हाफमा लहानको आक्रामक खेल शैलीमा प्रस्तुत भयो। लगातार आक्रमण गर्दै उनीहरूले गोल फर्काउने प्रयास गरे र सफल पनि भए । तर बन्दिपुरले गोल फर्काउन नसक्दा  उनीहरू उपविजेतामै सीमित भए।

फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादबले विजेता टिमलाई नगद ५१ हजार ५ सय ५५ रुपैयाँ, गोल्डकप र प्रमाणपत्र प्रदान गरे। उपविजेता बन्दिपुरलाई उपाध्यक्ष शोभा कुमारी साहले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफी र प्रमाणपत्र प्रदान गरिन् ।

476955870_1761498848060896_6230268757598948059_n

प्रतियोगिताका व्यक्तिगत विधागत पुरस्कारहरू पनि घोषित गरिए। प्रतियोगिताको बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि  घरेलु टिमका कप्तान सरोज साह , बेस्ट किपर बन्दिपुरका शिव शंकर सदा र गोल्डेन बुट सुरेन्द्र श्रेष्ठले प्राप्त गरे ।

खेलको म्यान अफ द म्याचको पुरस्कार विजयता ओम सिँहलाई ट्रफी र प्रमाणपत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्रोपति कुमारी यादबले प्रदान गरिन् ।

474130607_1151309353118059_8093564304616688240_n
 
विजेताहरूलाई नगद राशी, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब